Sorry, that menu does not exist.
 

राजधानीबाट फर्किएर आफ्नै गाउँमा होटल व्यवसाय !

रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन १४ । राजधानीमा रहेको व्यवसाय आफ्नै गाउँमा गर्ने गरी फर्किएर ब्यवसाय शुरूवात गरे सँगै कोरोना भाइरस कोभिड १९ लाई लक्षित गरि सरकारले गरेको लकडाउनको पीडामा परेका ब्यवसायी यतिबेला लकडाउन खुकुलो भए सँगै खुशी देखिएका छन् । देश संघिय संरचनामा गएपछी सेवा सुविधा विकेन्द्रीत भएसँगै संघिय राजधानी काठमाण्डौंमा व्यापार व्यवसाय गर्नेहरु आफ्नै गाउँ फर्किने क्रम वढ्न थालेको छ । काठमाण्डौमा होटल संचालन गरेका बागलुङका हरि रेग्मी जिल्लामै व्यवसाय संचालन गर्न फर्किएका हुन् ।

बागलुङ नगरपालिका वडा नम्बर ६ पन्चकोटमा निर्माण हुदै गरेको बिश्व कै सबैभन्दा अग्लो १ सय ३५ फिट अग्लो बिश्व शान्ति कलश ,५ हजार ५ सय ५५ किलोको महाघण्ट लगायतका संरचना निर्माण भए सँगै यहाँ दिनहुँ सयौं पर्यटक आउन थालेपछि आफ्नो गाउँ ठाउँमा होटल तथा रेष्टुरेन्ट संचालन गरेको ब्यबसायी रेग्मीले बताए । बागलुङ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि होटल तथा रेष्टुरेन्ट औपचारिक उद्घाटन गरेको भोलि पल्टै लकडाउन घोषण भयो बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को शिकार मेरो व्यवसाय बन्न पुग्दा समेत हिम्मत हारिन रेग्मीले सुनाए ।

रमाइलो वातावरणमा रमाउन चाहने पर्यटकलाई लक्षित गरेर जंगलको बिचमा नयाँ स्वाद र परिकार पाइने रेष्टुरेन्ट संचालनमा भएसँगै कोरोनाको कारणले ठप्प रहेको ब्यबसाय अहिले फेरि बिस्तारै चल्न थालेको छ खुसी मुद्रामा रेग्मीले बताए । करिब ९ लाख लगानी गरेर ब्यबसाय शुरू गरेका युवा ब्यबसायी रेग्मी ३ बर्ष काठमाडौमा रेष्टुरेन्ट संचालन गरेको अनुभवलाई आफ्नो गाउँ ठाउँमा ब्यबसाय गर्नुपर्छ भन्ने उदेश्यले कामको थालनी गरेको बताउँछन् । ग्राहकको अर्डर अनुसारको परिकार बन्ने भएपछि अहिले दिनहुँ ग्राहक बढ्दै गइरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !