Sorry, that menu does not exist.
 

अधिक वर्षाले यस वर्ष ढोरपाटनमा आलु उत्पादन घट्ने !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ साउन १४ । यस बर्ष ढोरपाटन उपत्यकामा आलु उत्पादनमा गिरावट आउने स्थानिय कृषकले बताएका छन् । आलु ढोरबासीको मुख्य खाद्यान्न बालीको रुपमा लिईन्छ ।

गत फागुन/चैत्र महिनामा लगाइएको आलु यतिवेला निकाल्ने समय भएपनी यसबर्ष गतबर्षको तुलनामा आलु कम उत्पादन भएको स्थानिय कृषक हिराबहादुर बिकले बताए । आलु रोपिएपछि बैशाख महिना देखिनै बढी बर्षात सुरु भएको र जेठ महिना देखि फल लाग्ने समयमा निरन्तर परेको बर्षातका कारण नँया फल हुर्किन नपाई बोटनै कुइन थालेपछि आलु फस्टाउन नपाएको किसानहरुले बताए । आलु खन्ने समय भइसक्यो तर राम्रो सँग फल नलागेको र आलुका दाना समेत नबढेको स्थानिय गगन पुनले बताए ।

ढोरपाटन आसपासको क्षेत्र डिजा, मस, काँग, भुजी, पाखाथर, नौथरगाउँ, स्यालपाखे, सान्जा, नवी लगाएतका क्षेत्रमा प्रशस्त मात्रामा आलु उत्पादन हुने गरेपनी यसबर्ष खासै आलु उत्पादन नभएको किसानको भनाई छ । अत्याधिक बर्षातले गर्दा आलु नछिप्पिँदै बोट मर्न थालेको र त्यसैमा सलह किराले खाइदिँदा थप क्षेति भएको गगन पुनको भनाई छ । आफनो बारी लगाएत आसपासका अधिकाँश कृषकहरुले लगाएको आलुखेति यसबर्ष गतबर्षको तुलनामा कमि आउने निश्चित रहेकोले किसानहरु चिन्तित देखिन्छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !