छविलाल पाण्डे, बुर्तिवाङ २०७७ साउन १४ । मध्यपहाडी लोकमार्ग पहिरोका कारण छियाछिया बनेर अवरुद्ध छ । बागलुङ नगरपालिका ३ बोक्सेको खाल्डोमा पहिरो झरिरहेकाले सवारी साधनहरु चल्न सकेका छैनन् । हप्ता दिन बित्दासम्म बोक्सेको खाल्डोको पहिरो व्यवस्थापन हुन नसकी लोकमार्ग सुचारु नहुनु चिन्ताको विषय त छँदैछ, त्यस्मा पनि तत्कालै पहिरो व्यवस्थापन गरी यातायात सुचारु गराउने दिशामा मध्यपहाडी लोकमार्ग आयोजनाका प्रमुख सिडिई आशिष थापामगर र निर्माण कम्पनि ठेकेदारको चरम लापर्बाही भएको आम नागरिकको आरोप छ ।
यसैवीच निरन्तर बर्षातका कारण बडीगाड गाउँपालिका ६ सिस्नेरीमा सडक माथिदेखि गएको पहिरोका कारण हिँजोदेखि लोकमार्ग अवस्द्ध बनेको छ । पहिरो निरन्तर खसिरहेका कारण भोलीदेखि मात्रै सडक सफा गरीने बडीगाड गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाले बताए । त्यसैगरी बुर्तिबाङ निसी खण्डमा समेत विभिन्न स्थानमा गएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भई रहेको छ।
सडक अवरुद्ध हुँदा स्थायिनलाई आवजातव गर्न समस्या हुनुका साथै विरामीलाई वसार पसार गर्न समेत समस्या भइरहेको स्थानियले बताएका छन् । निरन्तर भइरहेको बर्षा आगामि शुक्रबार सम्म जारी रहने मौसम विभागले जनाएको छ ।