छविलाल पाण्डे, बुर्तिवाङ २०७७ साउन १४ । निसीखोला गाउँपालिकामा हिँजो कारोना सँक्रमण पुष्टि भएका पाँच जनालाई बुर्तिबाङ स्थित आइसोलेशन कक्षमा ल्याइएको छ । भारत तथा अन्य मुलुकबाट आई क्वारेन्टाईनमा बस्दै आएका उनिहरुको कोरोना रिर्पाट पोजेटिभ देखिएपछि आइसोलेशन कक्षमा ल्याइएको हो ।
त्यसैगरी बुर्तिबाङमा आइसोलेशनमा उपचाररत ३ जना सँक्रमित निको भएर आजै घर फर्किएका छन् । दोश्रो पटकको पिसीआर रिर्पाट नेगेटिभ देखिएपछि ढोरपाटन नगरपालिकाका १, तमानखोला गाउँपालिकाका १ र निसीखोला गाउँपालिकाका १ जनालाई विढाई गरीएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए ।
आइसोलशेनमा वडिगाड र तमानखोला गाउँपालिकाका एक एक गरी दुई जना भने अझै आइसोलेशनमा छन् । हाल निसीखोला गाउँपालिकाका ५ जना सँक्रमित थप भएसँगै बुर्तिबाङका दुई वटा आइसोलेशनमा गरी ७ जना सँक्रमित रहेको जनाइएको छ । ढोरपाटन नगरपालिका वडा नं.४ को क्वारेन्टाईनमा १४ जना रहेका छन् । भारत तथा अन्य मुलुकबाट आएका उनिहरुको आजमात्रै स्वाब संकलन गरिएको छ ।