Sorry, that menu does not exist.
 

गल्कोट हटियामा मोटरसाईकल पल्टिदा चालक अर्जुन नेपालीको ज्यान गयो !

रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन १४ । गल्कोट नगरपालिका ६ चरौंदि निवासी बर्ष २२ का अर्जुन नेपालीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । हटिया बजारको प्रहरी चौकी नजिक आज ४:३० बजे ध १ प ७७२९ नम्बरको मोटरसाइकलमा एक्लै सबार नेपाली अनियन्त्रित भई सडक दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मोटरसाईकल दुर्घटना भएपछी नेपालीलाई स्थानीय इमर्जेन्सी पोलिक्लिनिकमा प्राथमिक उपचार पछि थप उपचारका लागि बागलुङ धौलागिरि अस्पतालमा ल्याउँदै गर्दा घोडाबाँधेमा आउँदा बेहोस् भएका थिए । नेपालीलाई साँझ ७स्५५ मा बजे अस्पताल ल्याई पराएकोमा उपचारको प्रयास गर्दा राति ८:०५ बजे अस्पतालले मृत घोषणा गरेको छ । मृतक नेपालीको शवलाई पोस्टमार्टमको तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद रेग्मीले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

40 Comments