Sorry, that menu does not exist.
 

प्रजिअ, नगरप्रमुख, प्रहरी प्रमुख एवं पत्रकारद्वारा मास्क वितरण !
कोरोना संक्रमण रोकथाम एवं नियन्त्रणकालागी बागलुङ बजारमा जनचेतनामुलक कार्यक्रम सम्पन्न !

बागलुङ २०७७ साउन १५ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण रोकथाम तथा यसलाई समुदाय स्तरमा फैलिन नदिन जिल्ला सुरक्षा समिति, बागलुङ र बागलुङमा क्रियाशील चार जना पत्रकारहरु माउण्टेन टेलिभिजनका सुवास आचार्य, एभिन्युज टेलिभिजनका राजेशचन्द्र राजभण्डारी, नेपाल टेलिभिजनका किरण आचार्य र इबागलुङ डटकमका रामप्रसाद घिमिरेको समन्वयमा जनचेतनामूलक कार्यक्रम गरी निशुल्क मास्क बितरण गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, अतिथीहरुमा बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेल, प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरी, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक नरेन्द्रराज गिरी पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, पत्रकार प्रहरी सामाजिक अभियन्ता लगायतको सहभागितामा निशुल्क मास्क वितरण गरिएको थियो ।

स्थानीय लोकगान्त्रिक चोकबाट सुरु गरिएको मास्क वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी न्यौपाने नगरप्रमुख पौडेल, प्रहरी उपरीक्षक चौधरी पत्रकारहरुले बजारमा कामको सिलसिलामा आएका नागरिकहरुलाई कोरोना संक्रमण नियन्त्रण गर्न मास्क अनिर्वायरुपमा लगाउनु पर्ने चेतना सहित निशुल्क मास्क वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी न्यौपाने , नगर प्रमुख जनक पौडेल लगायत बक्ताहरूले कोरोना संक्रमित बढ्दै गइरहेको बेला स्वास्थ सुरक्षालाई ध्यानमा राखी अनिवार्य रूपमा मास्क लगाउन आम जिल्लाबासीलाई जनचेतना जगाउन जरुरी रहेको धारणा राखेका थिए ।

आज जनचेतनामुलक अभियानको पहिलो चरणमा मास्क वितरण गरिएको र भोलिका दिनमा मास्क नलगाई हिड्नेलाई सक्रमण ऐन २०२० अनुसार नियन्त्रणमा लिई कारवाही गरिने जिल्ला प्रशासन कार्यलयले जनाएको छ । त्यस्तै अभियानमा लायन्स क्लवका पार्वती अधिकारीले आफ्नो जन्मदिनको अवसरमा सहयोग गरेकी थिईन ।

कार्यक्रमको अध्यक्षता एभिन्यूजका राजेशचन्द्र राजभण्डारीले गरेका थिए भने कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्र पन्तले गरेका थिए ।
आजै जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ बजारमा कोभिड-१९ सम्वन्धि जनचेतना जगाउन माईकिङ पर्चा वितरण गरेको थियो । आजको कार्यक्रम पछी अन्य संघसंस्थाहरुले पनि यस अभियानलाई अघि बढाउने बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !