Sorry, that menu does not exist.
 

पहिरोले पर्वत जलजला-७ धाईरिङका दुई दर्जन भन्दा बढि घर जोखिममा !

रामप्रसाद घिमिरे, पर्वत २०७७ साउन १५ । पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका दुई दर्जन भन्दा बढि घर पहिरोको उच्च जोखिममा परेका छन् । गाउँमा खनेको अव्यवस्थित सडकका कारण घर जोखिममा परेका हुन ।

लस्ती एकपाटे सडकको कारण घर परिषरको जमिन भासिएपछी त्रसमा रात वित्ने गरेका जलजला गाउपालिका ७ धाईरिङ चाउकाका विजय रिजालले बताए । पहिरोले घरगोठ जोखिमा परेकोले वर्षा हुदा साथ छाता आढेर खेतमा वस्न वाध्य भएको रिजालले बताए ,। जंगलको विचमा विजय रिजाल र कुल प्रसाद रिजालको मात्रै घर भएकोले नजिक अन्य वस्ती नहुँदा पहिरो गएको खण्डमा साहारा लिने घर नभएको रिजालले बताए । सडकबाट पहिरो खसेकोले शौँचालय प्रयोग गर्न नमिल्ने गरी चर्किएको छ भने घर परिषमा जमिन चर्केकाले जुनकुनै वेला पहिरो खस्ने खतरा रहेको विनोद रिजालले वताए । रिजाल सँगै धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पाध्याको परिवार विस्थापित भएका छन् । पहिरोको डरले छिमेकीकहाँ शरण लिएर बसेको पीडित राजु परियारले बताए ।

सोही ठाउँका गोरे परियारको घर भत्किएको वडाध्यक्ष टुङ्गनाथ शर्माले जानकारी दिए । मिलनचोक–सल्यान–गुन्द्रेखेत–धारापानी सडक निर्माणका क्रममा फालिएको माटोसँगै आएको पहिरोका कारण ओमनारायण आचार्य, देउकली परियार, बालकृष्ण शर्मा, रामप्रसाद शर्मा, डिल्लीराम शर्मा, कमलबहादुर केसी, दिनेश नेपाली, श्रीकृष्ण आचार्य, भरत पौडेल, मनबहादुर परियार, भीम परियार र राजु परियारको परिवार विस्थापित भएका छन् । जोखिम मापनबिना जथाभावी खनिएका सडक तथा सडक निर्माणका क्रममा व्यवस्थित नाली निर्माण नहुँदा भलसँगै आएको पहिरोका कारण स्थानीयहरु बासस्थान छोड्न बाध्य भएका हुन् ।

सल्यान र किराखोरको बिचमा रहेको ठूलो पहिरोमा ढुङ्गा र माटोसहितको लेदो बगेका कारण केराबारीमा सडक पनि अवरुद्ध भएको छ । बिस्थावित परिवारलाई गाउँपालिकाले आबश्यक सम्पुर्ण सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले बताए ।
जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लसंग सहकर्मी घिमिरेले गरेको कुराकानी

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !