राम खत्री गल्कोट २०७७ साउन १५ । गल्कोट नगरपालिका बडा नं। १ को बिपद व्यवस्थापन समिती दुदिलाभाटीले राहत बितरण तथा क्वारेन्टाइन व्यवस्थापनमा सहयोग गर्ने सहयोगदातालाई सम्मान गरेको छ । आज एक कार्यक्रमकाको आयोजना गरि विश्वभरि महामारीको रुपमा फैलिएको कोराना भाईरसको कारण दैनिक जनजीवन प्रभावित बनेको समयमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा राहत वितरणमा सहयोग गर्ने, क्वारेन्टाइन व्यवस्थापन तथा विपद व्यवस्थापन कोषमा सहयोग गर्ने सहयोगदातालाई सम्मान गरेको वडा कार्यलयले जनाएको छ ।
कार्यक्रमको अवसरमा क्वारेन्टाईन ब्यवस्थापनमा खटिएका ४ जना,१८ जना स्वास्थ्य स्वयंम सेवक र ९३ जना सहयोग दाताहरुलाई सम्मान गरिएको थियो । स्थानीय तथा दुदिलाभाटिमा जन्मेर प्रदेश तथा नेपालकै विभिन्न स्थानमा पेशा ब्यवसाय गरि बसेका सम्पुर्ण सहयोगीलाई धन्यवाद ज्ञापन गरेको छ । कार्यक्रममा वडा अध्यक्ष नेत्र बहादुर बुढाथोकी,पूर्व गा।बि।स। उपाध्यक्ष गुमानसिङ बुढाथोकी ने।क।पा। नगर सचिवालय सदस्य भिमबहादुर भण्डारी,नेपाली काङ्ग्रेस वडा कमिटी सभापति हिमबहादुर खडका रा।ज।मो।वडा कमिटी अध्यक्ष तिलबहादुर गुरुङ सरस्वती मा।वि।का प्र।अ।पूर्णबहादुर चोखाल क्वारेन्टाइन व्यवस्थापक लालबहादुर राना स्वास्थ चौकी प्रमुख संगीता थापा लगाएतले विपतको समयमा गर्नुपर्ने तयारी,आउने चुनौती तथा हरेक नागरिकको जिम्मेबारीको विषयमा मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम विपत ब्यवस्थापन समितिका संयोजक नेत्रबहादुर बुढाथोकीको अध्यक्षता, सदस्य पदमबहादुर कार्कीको स्वागत मन्तव्य जीवन भण्डारीको धन्यवाद मन्तव्य र वडा सचिव यादव रेग्मीको संचालनमा सम्पन्न भएको छ ।