Sorry, that menu does not exist.
 

कक्षा ८ का प्रश्नपत्रहरु परीक्षा अगावै ‘आउट’ हुनुमा जिल्ला शिक्षा कार्यालय जिम्मेवार छैन ?

बागलुङ २०७४ बैशाख २१ । गत चैत महिनाको १३ गते सुरु भएको कक्षा ८ को जिल्लास्तरीय परीक्षाकोे प्रश्न पत्रहरु परीक्षाको एक दिन अगावै बाहिरिएको घटना प्रति सरोकारवाला निकाय संवेदनशील नदेखिएको भन्दै शैक्षिक क्षेत्रमा चर्को टीका टिप्पणी भएको छ ।

यहि बैशाख दोश्रो साता देखी सुरु भएको कक्षा १२ को परीक्षामा केहि विषयका प्रश्नपत्रहरु अपुग भएको र कुनै विषयको प्रश्न पत्र तयार नै नगरिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक सन्तोष अर्याललाई सरकारले निलम्बन गरेको घटना पछी बागलुङमा कक्षा ८ का सबै प्रश्नपत्रहरु बाहिरिएको घटना थप चासोको विषय बनेको हो ।

कुनै एक विषयको मात्र नभएर सम्पूर्ण विषयका प्रश्नपत्रहरु परीक्षा अगावै सार्वजनिक हुनुलाई जिल्ला शिक्षा कार्यालय बागलुङको गम्भीर लापर्वाही भएको ठहर गर्दै नागरिक समाजले तत्काल कार्बाहीको माग गरेको छ ।

“प्रश्नपत्र निर्माण गर्ने शिक्षा कार्यालय, प्रश्नपत्र बिद्यालयहरुमा पठाउने शिक्षा कार्यालय अनि कहाँबाट प्रश्न पत्रहरु बाहिरिएको हो ? प्रहरीले छानबिन गरिरहेछ, भनेर जिम्मेवारीबाट पन्छिने पनि शिक्षा कार्यालय, कस्तो अचम्म ?’, एक शिक्षकले नाम नबताउने शर्तमा भने, ‘यसमा विद्यालय प्रशासन शाखा जिम्मेवारी त छँदैछ, तर घटनाको नैतिक जिम्मेवारीबाट जिल्ला शिक्षा अधिकारी उम्कने ठाउँ छैन ।”

प्रश्न पत्रहरु बाहिरिएको समाचार इबागलुङ लगायत विभिन्न सन्चार माध्यमहरुमा प्रचार प्रसार भए लगत्तै स्थानीय प्रशासनले यस घटनालाई गम्भीररुपमा लिएको चर्चा सार्वजनिक भएको हो । तर एक महिना भन्दा बढी समय बितिसक्दा पनि घटनाका सम्वन्धमा छानविन वा कार्बाहीको सत्य तथ्य बाहिर आएको छैन ।

स्मरणीयछ, जिल्ला शिक्षा कार्यालयले चैत १३ गतेनै कक्षा ८ का प्रश्न पत्रहरु बाहिरिएको जानकारी हुँदा हुँदै चैत १४ गते विहान मात्र जानकारीमा आएको भनी १५ गते देखी परीक्षा लिइने विषयहरुको विद्यालयहरुलेनै प्रश्नपत्र तयार गरी परीक्षा लिन निर्देशन दिएको थियो ।

तल्लो कक्षाको प्रश्नपत्र बाहिरिएको हो, यो कुनै ठुलो विषय होईन भनेर यस अक्षम्य गल्ती ढाकछोप गर्ने प्रयास भैरहेको समाचार श्रोतको दाबी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply