Sorry, that menu does not exist.
 

नेकपालाई फुट्नबाट बचाउन नेतृत्व समक्ष आग्रह !

गल्कोट २०७७ साउन २१ । गल्कोट नगरपालिका वडा नं. ११ रिघामा नेकपाको वडा कमिटी बैठक सम्पन्न भएको छ । वडा कमिटीे बैठकमा जिल्ला कमिटी सदस्य तथा नगर सचिव डम्बर बहादुर श्रीसले पार्टीलाई फुट्नबाट बचाउन केन्द्रिय नेतेत्वलाई आग्रह गरे । बैठकले पार्टी एकतामा वडा कमिटि एक हुने, साथै विपत व्यवस्थापनको लागि कार्यकर्तालाई परिचालन गर्ने र टोलटोलमा पार्टी कमिटी गठन गर्ने, सदस्यता वितरण गर्ने लगाएतका निर्णय गरिएको छ ।

त्यस्तै रिघामा नेकपालई सशक्त रुपमा एकताबद्ध रुपमा रिघामा अगाडि बढाउने लगाएतका विषयमा पनि छलफल भएको जिल्ला कमिटी सदस्य तथा नगर सचिव श्रीसले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !