Sorry, that menu does not exist.
 

साउनको गर्मीमा २ सय ४० जना जेष्ठ नागरिकलाई फाईबर सिरक वितरण !

रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन २१ । काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराले आर्थिक बर्ष २०७६/०७७को वजेट आर्थिक बर्ष २०७७÷०७८ को साउनमा खर्च गरेको छ । गत वर्षको ज्येष्ठ नागरिक लक्षित कार्यक्रमबाट वडाका २ सय ४० जना जेष्ठ नागरिकलाई साउनको गर्मी मौसममा फाइवर सिरक बितरण गरेको हो । अघिल्लो आर्थिक वर्षको कार्यक्रम कोरानो भाईरसको वहाना वनाई आर्थिक वर्ष सकिएपछी साउनमा वितिरण गरिएको छ ।

जेष्ठ नागरिकलाई सिरक वाड्नु सकारात्मक भएपनी विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ समुदायमा पुगेको र सरकाले २५ जना भन्दा वढी जम्मा नगर्न निर्देशन दिएको वेला वडाले औचारिक कार्यक्रम गरी सिरक वितरण गरेको हो ।

बाँढिएको फाईवर सिकर वजार मुल्ल भन्दा वढीमा खरिद गरीको पाईएको छ । बजारमा ठुलो परिणामा खरिद गर्दा १२ सय पर्ने सिरक उपभोक्ता समिति बनाई १५ सयमा खरिद गरेपछी जेष्ठ नागरिकको सहयोगमा अनियमितता गरेको देखिएको छ । जाडोमा आवश्यक सिरक गर्मी मौसमा र वजार मुल्य भन्दा बढीमा खरिद गरिएपछी वजेट सक्ने र कमिशनमा चलखेल गरेको आशंका गरिएको छ ।

मंसिर पुसको जाडो मौसम सकिएपछी चैत्रबाट सुरु भएको कोरोनाको बहाना बनाई साउनमा सिरक वितरण गर्नुले सामाजिक उत्तरदायित्व र आवश्यकता भन्दा पनी वजेट सक्ने र कार्यकर्ता रिझाउने काम भएको स्थानीयले बताएका छन् ।

काठेखोला वडा नम्बर २ का अध्यक्ष बिद्यापती शर्माले सिजनका हिसाबले केही फरक भएपनी जाडोयाममा ज्येष्ठ नागरिकको सहजतालाई आत्मसाथ गरेर यो कार्यक्रम तय गरेको बताए । कोरोना संकटका कारण सहज परिवेश तयार भए पछि बितरण गर्ने योजना बनाइएकोमा यो अवस्था लम्बिदो भएकाले सरकारको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरुको तथ्यांकका आधारमा साविक भीमापोखराका ३ स्थानबाट सिरक प्रदान गरिएको अध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार भीमापोखराको साविक १, २, ३ र ४ को हरिकमल प्राविबाट, ५, ६ र ७ को वडा कार्यालयबाट ८ र ९ मा शिवालय आधारभूत बिद्यालयबाट बितरण गरिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

9 Comments