बुर्तिवाङ २०७७ साउन २१ । निसीखोला गाउपालिका वडा नं ७ राजकुत वडा कार्यालयमा आज नेकपा राजकुतले तालाबन्दी गरेको छ । अबिरल वर्षातको समयमा यस वडाका बृद्धबृद्धा, अशक्त, अपांगहरुलाई जम्मा २ दिनको समय दिएर मनोमानी ढंगले सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्दै वडा कार्यालयमा विज्ञप्ती टाँसगरी तालाबन्दी गरेको जनाएको छ ।
नेकपा राजकुतव्दारा जारी विज्ञप्तीमा ढोरपाटन नगरपालिका स्थित प्रभु बैँक र आफ्नो निजीघरबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेकोले निसीखोला ७ राजकुत नेकपा वडा कमिटीले न्यायको लागी वडा कार्यालयमा तालाबन्दी गरेको उल्लेख छ ।
निसीखोला गाउपालिकाका अन्य वडाहरुमा वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गरिए पनि राजकुतमा भने वडा कार्यालयमा वितरण नगरी बुर्तिवाङ बोलाएर भत्ता वितरण गरेकोले बृद्धबृद्धा र अपांगहरुलाई निकै दुख भएको उनिहरुले बताएका छन् ।
One Comment