Sorry, that menu does not exist.
 

झुलेनीको धुरीमा बुद्धको मूर्ति स्थापना गर्न कंडेलद्वारा रु १ लाख आर्थिक सहयोगको घोषणा !

रामशरण पोखरेल बागलुङ २०७७ साउन २१र काठेखोला गाउँपालिका ३ तङ्ग्रामको झुलेनी धुरीमा बुद्धको मुर्ती स्थापना गर्नको लागि आर्थिक सहयोग प्राप्त हुने भएको छ । जापानलाई कर्मथलो बनाइ सफल ब्यवसायीको रुपमा चिनिएका एन आर एन खान्साइ समितिका निवर्तमान संयोजक तथा बर्तमान सल्लाहकार काठेखोला गाउँपालिका,(६ हटियाका प्रेम प्रसाद कंडेलले १ लाख बराबरको आर्थिक सहयोग दिने भएका हुन।

कंडेलले आफ्नी स्वर्गीय हजुरआमाको बिशेष स्मृतिमा उक्त रकम सहयोग गर्न लागेको ईबागलुङलाई बताए । उनले झुलेनी क्षेत्रमा पर्यटकहरू भित्र्याउनको लागि नेपाल मै जन्मेका गौतम बुद्धको मुर्ती स्थापनार्थ सहयोग गरेको बताए ।

पछिल्लो समय पर्यटकीय गन्तब्यको रुपमा हेरिएको झुलेनीको धुरीमा बुद्धको मूर्ति सहितको व्यवस्थित पार्क बनाउनको लागि त्यहाका युवाहरु आर्थिक संकलनमा जुटिरहेका बेला ब्यवस्थित पार्क सहितको बुद्धको मूर्ति बनाउन लाग्ने अनुमानित रु। १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने कंडेलले बताए । उनले केही बर्ष पहिलेदेखि नै सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !