सोम शर्मा, बागलुङ २०७७ साउन २२ । कोरोनाको महामारी बिश्वभरी फैलिएको परिप्रेक्षमा अहिले बिभिन्न कार्यालय खुलिरहेका छन। सरकारले कार्यालय खुलेतापनी आबश्यक भौतिक दुरी र सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ, यो सरकारले भनेर मात्र हैन स्वयं कार्यालय र सेवाग्राहीले बुझ्ने कुरा हो।
प्राय: सबैजसो कार्यालयमा सेवाग्राहीलार्इ बाहिर हात धुने ठाउँ ठाउँको ब्यबस्था गरिएको हुन्छ र धेरैजसो सेवाग्राहीले कार्यालय हाताभित्र पस्दा हात धोएरै गएका हुन्छन । तर सोचौँ त हात धुने ठाउँ भनेर राखिएको बेसिनमा पानी आउनुपर्ने ठाउंमा फोहोर जम्मा भएको साबुन राख्ने ठाउंमा ढुंगा राखिएको र पानी आउने धारोमा स्वा स्वा गर्दै हावा मात्र आउँछ भने त्यहाँ कसरी कार्यालयभित्र पस्ने ब्यक्तिले हात धोलान र स्वास्थ्य सतर्कत अपनाउलान । हो यस्तै समस्या देखिएको छ हाम्रै बागलुङ नगरपालिकाको कार्यालयमा।
आंफैले सचेतना गराउनुपर्ने जिम्मेवारी रहेको बागलुङ नगरपालिकाको गेटैमा राखिएको ड्रममा टुटी त जोडिएको छ तर पानी आउंदैन,साबुन राख्ने ठाउंमा ढुंगा राखिएको छ, अनि पानी खस्ने बेसिनमा फोहोर फालिएको छ। मेयर,उपमेयर प्रशासकीय अधिकृत हिंड्ने बाटोमा त्यो बिजोगलाइ अहिलेसम्म किन अहिले सम्म किन कसैको आँखा परेन ?
केही हप्तादेखी यो धारामा पानी नखसेको त्यहा आउने एक सेवाग्राहीहरुको गुनासो छ । यसरी आफ्नै हातामा स्वास्थ्य सतर्कता अपनाउन नसक्ने नगरपालिकाले अन्यलाइ स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको सुहाउला र ? यस बिषयमा बागलुङ नगरपालिकाका सुचना अधिकृत युक्त सुबेदीलाइ जिज्ञासा राख्दा यहि कार्यरत इन्जिनियरले बनाएको उक्त धारा अहिले प्रयोगबिहीन बनेको छ यसलाइ बनाउन हामीले आग्रह गरेको बताए। सुरक्षा सतर्कताको लागि राखेको आफ्नै परिसरमा भएको एउटा सामान्य धारा बनाउन यत्रो हप्ता लाग्नु अनि अझै बन्दै छ भन्नु कत्तिको स्वभनिय छ त्यो अनुत्तरित नै छ । हेर्दा सामान्य कुरा लाग्न सक्छ होला तर यसले अहिलेको विषम परिस्थितिमा हात धुनुलाइ धेरै नै महत्वपुर्णको साथमा हेरिन्छ त्यसैले हात धुने ठाउँ भएर पनि प्रयोगबिहीन हुनु गैरजिम्मेवारीपन नै हो।