Sorry, that menu does not exist.
 

गल्कोट काफलठुटाका दुई बिपन्न परिबारलाई अमेरिकाबाट खत्रीले गरे रु ५० हजार सहयोग !

मित्रलाल खरेल, गल्कोट २०७७ साउन २२ । गल्कोट नगरपालिका वडा न।(१ काफलठुटा निवासी हाल अमेरिकामा कार्यरत बागलुङ सेवा समाज अमेरिकाका कोषाध्यक्ष सन्तोष खत्रीले दुई बिपन्न परिवारको घर मर्मत गरि दिएका छन । गल्कोट नगरपालिकाले टिन उपलब्ध गराए पनि छाउनको लागि आवश्यक पर्ने दारपात र कर्मीलाई दिने ज्याला समेत नभएका दिन दुस्खी काफलठुटाका बलबहादुर खडका र भैसेका रामबहादुर सार्की९नाकुने०को घर मर्मत गर्न लाग्ने खर्च रु ५०,००० उपलब्ध गराएका हुन् ।

निज खत्रीले कोरोना भाइरसका कारण ज्याला मजदुरी गरेर खाने गरिब बिपन्न परिवारलाई रु १,४०,००० बराबरको खाद्यान्न समेत ग।न।पा।१ मा बितरण गरेका थिए। सहयोगदाता खत्रीका पिता अम्मरबहादुर खत्रीलाई एक समारोह बिच गल्कोट नगरपालिका वडा न।१ ले विशेष सम्मान समेत गरेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !