Sorry, that menu does not exist.
 

धौलागिरी अस्पतालको भवन १२ वर्ष देखी निर्माणाधीन अवस्थामा : किन हुन्न ठेदारलाई कार्बाही ?

रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन २२ । बाह्र वर्ष भन्दा बढी समय सम्म अलपत्र रहेका निर्माणाधीन भवनहरु कहाँ छन भनेर खोज्न धेरै टाढा जानु पर्दैन, बागलुङ सदरमुकाममा रहेको धौलागिरी अस्पतालको निर्माणाधीन भवन हेरे पुग्छ । अधकल्चो अवस्थामा रहेको अस्पतालको भवन ठेकदार कम्पनि को लापर्बाही एवं बदमाशीको ज्वलन्त उदाहरुण हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बागलुङ जिल्ला अस्पताललाई स्तर बृद्धि गरि अन्चल अस्पताल बनाउने भनी बाह्र वर्ष पहिले सुरु गरिएको भवन निर्माण कार्य आज सम्म सम्पन्न भएको छैन । खण्ड खण्ड गरी निर्माण कार्य सुरु गरिएको धौलागिरि अस्पतालको ए र बी ब्लक बल्लबल्ल निर्माण गरिएको भएपनि सी ब्लकको निर्माण कार्य अलपत्र छ ।

रु ११ करोड ३५ लाखमा रुपैयाँमा आशिष , मिलिनियम, भिम ज्योती गरी ३ वटा निर्माण कम्पनीले अस्पतालको भवन बनाउने जिम्मेवार लिएपनि काममा बेवास्ता गर्दा अस्पताललाई स्वास्थ सेवा प्रवाह गर्न समेत समस्या भएको अस्पतालले जनाएको छ । भवन बनाउने ठेक्का लिएको ठेकेदार कम्पनीलाई भवन डिभिजन कार्यालय मार्फत पटकपटक म्याद थप गरिएको छ तर निर्माण कार्यले गति लिन सकेको छैन ।े भवन डिभिजन कार्यालयले अन्तिम पटक २०७७ मंसिर २३ गतेसम्मको लागि म्याद थप गरेको छ, तर कामको गतिलाई हेर्दा यस मिति भित्र भवन निर्माण सम्पन्न हुने लक्षण देखिएको छैन । कामको ठेक्का लिने तर तोकिएको समयमा निर्माण नगर्ने ठेकेदार कम्पनीलाई सरोकारवाला निकायले नत राम्रोसँग काम गराउन सकेको छ नत कार्वाही गर्छ । अस्पतालको स्तर बृद्वि गरेर २ सय बेड क्षमताको अस्पताल बनाउने भनी निर्णय गर्दै गर्दा १३ बर्ष अघि शुरूवात गरेको काम समेत अहिलेसम्म पूरा गराउन नसक्ने सरकारले गरेको नयाँ निर्णय कार्यान्वयन हुने कुरामा भने शंका छ ।

अस्पतालको एउटा नियती छ, निर्माण सम्पन्न भै नसक्दै उद्घाटनको हतार । अस्पतालको अघिल्लो भाग निर्माण भैरहेको अवस्थामा हतार हतार तत्कालीन प्रधानमन्धी डा बाबुराम भट्टराईबाट उद्घाटन गराईयो । त्यतिबेलै यसको विषयमा निकै टीकाटिप्पणी भयो । निर्माणाधीन अवस्थामै पूर्व प्रधानमन्त्री डा भट्टराई आएर उद्घाटन गरेर गए । त्यस्को वषौैँ पछी बी ब्लक बन्यो र सी ब्लक अधुरै छ ।

भरखर भरखर निर्माणाधीन अवस्थामा रहेको भवनमा लिफ्ट जडान गरेर उद्घाटन गरिएको छ । कोरोना भाईरसलाई मध्यनजर गरी अस्पतालमा जडान गरिएका भेन्टिलेटर र ईन्टेन्सिव केयर युनिटको उद्घाटन गराउने काम किन ढीला भएको हो त्यो बुझ्न सकिएको छैन । दोष जति अरुको थाप्लोमा जस जति आफुले लिने दौडमा रहेकाहरुले नियमितरुपमा सरकारबाट प्राप्त भैरहने सुविधा र सहयोग पनि आफ्रनै पहलमा आएको भन्न लाज मान्दैनन् ।

सम्वन्धित लिंकहरु

अन्चल अस्पताल र जिल्ला प्रशासनका निर्माणाधीन भवन ठेकदारहरुको बदमाशीको ज्वलन्त उदाहरण !

डा. हेमा छन्त्याल, जस्को घरघरमा प्रशंसा छ : धौलागिरी अन्चल अस्पताल, जस्को सर्वत्र निन्दा छ !

किन यस्तो गल्ती दोहोरिरहन्छ, धौलागिरी अस्पतालमा ?

अस्पताल व्यवस्थापन समिति कहाँ छ ? अव्यवस्थित सेफ्टी ट्यांकीको दुर्गन्धले अस्पताल आसपासको बस्ती गन्हायो !

धौलागिरी अस्पतालमा देखियो, G4S(कम्पनि)को मुखमा हालेर आफ्नो भुँडी भर्ने भ्रष्टाचारको नयाँ बान्की !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments