सोम शर्मा, बागलु २०७७ साउन २२ । बागलुङ भित्रिने मुख्य प्रवेशद्वार (खुँदुर्के मालढुंर्गोमा आवत जावत गर्ने यात्रुलाई आज प्रमुख जिल्ला अधिकारी, सुरेश न्यौपानै, बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेल, प्रहरी उपरीक्षक शारदा चौधरी समेतको संलग्नतामा कोरोना सम्बन्धी जानकारी गराउने तथा स्वास्थ्य सुरक्षाको लागि सजग रहन आग्रह गरिएको छ ।
कोरोनाको महामारी झन जटिल बन्दै गएको अबस्थामा जिल्ला छिर्ने प्रमुख नाकाबाट आउने प्रत्यक नागरिकहरुलाइ अनिबार्य मास्क लगाउन अनुरोध गर्ने, ज्वरो नाप्ने र मालढुंगा स्थित स्वास्थ्य जाँच कक्षलाइ पुर्वाधार राखेर निरन्तरता दिने काम भएको प्रजिअ न्यौपानेले बताए।
कोरोनाको संक्रमण भएको सुरु सुरुमा उक्त नाकामा कडा तबरले चेकजांच हुने गरेतापनी बिस्तारै लकडाउन खुकुलो भएसंगै चेकजांच पनि हुन छोडेको थियो।
प्रजिअ न्यौपानेका अनुसार, हामीले कडाइका साथमा चेकजांच गर्यौ भने कोरोना जिल्ला भित्रिन नदिने हाम्रो उद्देश्य सफल हुनेछ। यात्रुहरुमध्य कसैले पनि मास्क नलगाईकन यात्रा गर्नेहरुलाई जिल्ला छिर्न र जान पनि नदिने साथै आबश्यक कारबाही समेत गर्नेछौं, र ज्वरो पनि सामान्य भन्दा बढी आएको खण्डमा यात्रा गर्न नदिने र उनिहरुलाइ सावधानी तबरले सुरक्षित स्थानतर्फ लगेर राख्नेछौ ।
तस्वीर सौजन्य : सुभास गौतम ।
9 Comments