सोम शर्मा, बागलुङ २०७७ साउन २४ । धौलागिरी अस्पतालको सी ब्लक निर्माण गर्न आएका कामदारमध्य थप १३ जनालाइ समेत कोरोना देखिएको छ, उनिहरुको रिपोर्ट आजै आएको हो। केही दिन अघि महोत्तारिबाट १८ जना कामदार अस्पताल भवन निर्मााणका लागी ठेकदार कम्पनिले ल्याएको थियो । सुरुमा पिसिआर चेक गर्दा एक जनामा संक्रमण देखिएको थियो भने अरुको नेगेटिभ आएको थियो।
तर दोस्रो परिक्षणमा संगै बसेका थप १३ जनालाइ कोरोना देखिएपछी उनिहरुलाइ पनि बहिरा स्कुलको आइसोलेसनमा आइसोलेसनमा ल्याउने तयारि भएको धौलागिरी अस्पतालका सुचना अधिकृत तिर्थ गौतमले बताए।
यो संगै जम्मा १४ जनमा संक्रमण पुष्टि भएको छ र बांकी ४ जनाको रिपोर्ट नेगेटिभ आएपनी उनिहरुको फेरि स्वाब लिएर पुन परिक्षणको लागि पठाउने गौतमले बताए।