Sorry, that menu does not exist.
 

गल्कोट हटियामा मास्क नलगाई हिँड्ने २८ जनालाई कार्बाही !

कुसुम थिङ, गल्कोट २०७७ साउन २४ । गल्कोट नगरपालिका ३ हटिया बजारमा मास्क नलगाई हिँड्ने २८ जनालाई प्रहरी चौकी हटियाले नियन्त्रणमा लिएर कार्बाहीका लागी प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपोको टुर मुकाम हटियामा पेस गर्दा संक्रामक रोग ऐन २०२० बमोजिम पहिलो पटकलाई जनहरु रु १ सय जरिवानागरी छोडिएको छ । बागलुङ जिल्ला सदरमुकाम बाहिर कोरोना संक्रमण नियन्त्रण तथा उपचारमा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार मास्क नलगाउनेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कार्बाही गरिएको यो पहिलो पटक हो ।

जिल्ला प्रशसान कार्यालय बागलुङले कोभिड १९ संक्रमण रोकथामका लागी न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार मुखमा मास्क लगाएर मात्र बाहिर निस्कने, कम्तीमा २ मिटर भौतिक दुरी कायम गर्ने, भीडभाड नगर्ने जस्ता मापदण्ड अनिर्वार्यरुपमा पालना गर्न र पालना नगरे ऐन अनुसार कार्बाही गर्ने सूचना जारी गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्र पन्तले ईबागलुङलाई बताए ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेको नेतृत्वको सुरक्षा प्रमुखहरुको टोली निसीखोलामा दैवी प्रकोप पीडितलाई राहत वितरण जानेक्रममा आज गल्कोट हटियामा नगरपालिकाको समन्वयमा स्वास्थ्य सुरक्षाका मापदण्डबारे अनुगमन गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

9 Comments