Sorry, that menu does not exist.
 

वैदेशिक रोजगारीको विकल्पमा गाउँमै होजियारी उद्योग सन्चालन !

राम प्रसाद घिमिरे बागलुङ २०७७ साउन २६ । वैदेशिक रोजागरीको लागी खाडी मुलक गएर फर्किएका बागलुङ नगरपालिका वडा नम्बर १३ बलेवाका सुनिल केसीले गाउँमै कपडा उद्योग सञ्चालन गरेका छन् । गाउँमै पहिलो पटक धागोवाट कपडा वुन्ने होजियारी उद्योग सञ्चालन भएपछी रोजगारी सँगै स्थानियले सस्तो मुल्यमै गाँउमा कपडा खरिद गर्न पाएका छन् । केसीलाई बुबा पुर्ण बहादुर केसी र आमा लक्ष्मी केसीले पुर्ण रुपमा साथ दिएका छन् । उद्योगमा परिवारका ३ जनालाई रोजगरी पुग्नुका साथै अन्य थप २ जना लाई रोजागरी दिएको केसीले बताए । वैदेशिक रोजगारीको विकल्पमा करिव १२ लाख लगानीमा उद्योग स्थापना गरेको सञ्चालक केसीले बताए ।

केसीको उद्योगबाट कटन र उनको धागोबाट विद्यालयका पोषाक, स्वीटर, टोपी, मफलर, कुर्ता सुरुवाल ,टाउजर लगाएतका कपडा उत्पादन गरिरहेका छन् । उद्योगबाट साईज अनुसार दैनिक ४० देखी ६० पिस कपडा उत्पादन हुने गरेको छ । सरकारले उद्योगधन्दालाई प्रर्वद्र्धन गर्ने निति बनाएपनी व्यावहारमा कार्यन्वयन नहुँदा आफ्नै लगानीमा उद्योग सञ्चालन गरेका व्यवसायीहरु समेत बजारीकरणमा चिन्तीत हुनु परेको छ । सरकारले आवश्यक तालिम र बजारीकरणमा सहजिकरण गरेमा विदेश बाट आयातित बस्तुसँग प्रतिशप्रर्धा सँगै नेपाली उत्पादनले बजार पाउँने र स्वदेशी रकम बिदेश जानबाट रोकिने निश्चित छ त्यसैले यसतर्फ तिनै तहको सरकारको ध्यान जानू जरुरी देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments