बागलुङ २०७७ साउन २७ । धौलागिरी अस्पताल बागलुङमा हिँजो थप दुईजना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएपछी अस्पतालको आकष्मिक (ईमर्जेन्सी) सेवा बाहेकका सबै सेवा बन्द गरिएको छ । आज अस्पतालले एक सूचना जारी गरी अति आवश्यक बाहेक अस्पताल नआउन पनि अनुरोध गरिएको छ ।
अस्पतालका सुपरिटेन्डेन्ट डा शैलेन्द्र बिक पाखरेलव्दारा जारी सूचनामा संक्रमित स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको नमूना संकलन गरी कोभिड १९ परीक्षण RTPCR गर्नुपर्ने भएकोले अर्को सूचना नभएसम्मका लागी आकष्मिक बाहेक अन्य सबै सेवा बन्द गरिने भनिएको छ ।
गत साउन २० गते पनि धौलागिरी क्याम्पस आईसोलेशन कक्षमा कार्यरत महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछी पनि अस्पतालले बहिरंग सेवा बन्द गरेको थियो । केहि दिन पहिले अस्पतालको सी ब्लक निर्माण गर्न महोत्तरीबाट आएका मजदुरहरु १४ जनामा कोरोना संक्रमण देखिएपछी उनिहरुको पनि उपचार भैरहेको छ ।
हिँजो संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरेले आफ्नो फेसबुक स्टाटसमा ‘… नेपालमा २५० जना भन्दा बढि स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भैरहदा म पनि अछुतो रहन सकिन । आफ्नो जिम्मेवारी निभाउने क्रममा कताबाट संक्रमित भैईयो थाहा पाईएन भन्दै आफु विगत ७ दिन देखि क्वारेन्टाइनमा रहेको र धेरैलाई नभेटेको तथा मेरो सम्पर्कमा रहेको साथीहरूलाई पनि सम्पर्कमा आउन अनुरोध…’ गरेका छन् । अर्की संक्रमित स्वास्थ्यकर्मी (स्टाफ नर्स) भने हिँजो साँझ सम्म अस्पतालमै कार्यरत रहेको श्रोतले बतायो ।
One Comment