बागलुङ २०७७ साउन २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गरिएकोमा ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएापछी नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ । निको हुनेको संख्या १६ हजार ६६४ पुगेको छ ।
काठमाडौंका ११०, ललिपतुरका १६ र भक्तपुुरका ८, पर्साका ७०, मोरङका ४२, सर्लाहीका ४१, बाराका ३९, रुपन्देही र सुनसरीका ३३/३३ जना, धनुषाका २४, रौतहटका २०, कपिलवस्तुका १८, प्युठानका १७, उदपयपुरका १६, सप्तरी र सिराहाका १३/१३, महोत्तरीका १२, धादिङका ११, झापाका १० र दाङका ९ कास्की र सुर्खेतका ५/५ जना, काभ्रे ४, चितवन र नुवाकोटका ३/३ तथा पर्वत, सल्यान, दैलेख, बागलुङ, तनहुँ, नवलपरासी र ओखलढुंगाका २/२ मा संक्रमण देखिएको छ ।
यस्तै रामेछाप, धनकुटा, रुकुम पश्चिम, सिन्धुपाल्चोक, खोटाङ, स्याङ्जा, अछाम, अर्घाखाँची, दोलखा, इलाम, जाजरकोट, कालीकोट, पाँचथर, दार्चुला, बर्दिया, मकवानपुर र गोरखाका १/१ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पर्साका ७०, मोरङका ४२, सर्लाहीका ४१, बाराका ३९, रुपन्देही र सुनसरीका ३३/३३ जना, धनुषाका २४, रौतहटका २०, कपिलवस्तुका १८, प्युठानका १७, उदपयपुरका १६, सप्तरी र सिराहाका १३/१३, महोत्तरीका १२, धादिङका ११, झापाका १० र दाङका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो अपडेटानुसार विश्वमा कोरोना संक्रमितको सख्या २ करोड २ लाख ९० हजार ३ सय रहेको छ भने ७ लाख ३९ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ ।