Sorry, that menu does not exist.
 

पैंयूथन्थापका पहिरो पीडित ११ घर परिबारलाई ,समाजसेवी लक्ष्मण श्रीव्दारा खाद्यान्न सहयोग !

बागलुङ, २०७७ साउन २८ । बाढी र पहिरोका कारण जोखिममा परेका जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ११ घर परिवारलाई समाजसेवी तथा कलाकार लक्ष्मण श्रीले खाद्यान्न सहयोग गरेका छन् । मंगलबार आफ्नो जन्मगाउँका पहिरो पीडितको घर–घरमै पुगेर उनले राहत स्वरुप खाद्यान्न उपलव्ध गराएका हुन् । पहिरोका कारण प्रभावित बनेका पैञ्युथन्थापको पिप्लेका ८ परिवार र ध्यूरका ३ परिवारका लागि प्रतिपरिवार १ बोरा चामल, १ किलो नुन, १ पोका तेल, २ पोका सोयाविन मस्यौरा र अन्य खाद्य सामग्री उपलव्ध गराएको श्रीले बताए । पहिरोले घरगोठ पुरिएका पिप्लेका टिकाराम शर्मालाई मोबाईल सेट र सिमसमेत श्रीले उपलव्ध गराएका छन् ।

घरगोठ पहिरोले बगाउँदा शर्माको घरमा रहेका खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री पुरिएका थिए । आफ्नो जन्मभूमिमा बाढी र पहिरोका कारण परेको असरले प्रभावितहरुलाई राहत पुगोस् भनेर ४० हजार बराबरको खाद्यान्न उपलव्ध गराएको उनले ईबागलुङलाई बताए ।

राहत वितरण कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य लाल बहादुर परियार तथा पीडितको तर्फबाट दुर्गा प्रसाद शर्माल संकटका समयमा सबैको सहयोग आवश्यक हुने भन्दै विपत्मा सघाएकोमा श्री परिवारलाई धन्यवाद दिएका थिए ।

टिका श्रीको अध्यक्षता, बिष्णु परियारको स्वागत र वडा सचिव डिलबहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments