Sorry, that menu does not exist.
 

ट्रान्सफर्मर विग्रिएपछी मोदी गाउपालिका अन्धकार : मोबाइल चार्ज गर्न पर्वतमा मेला !

रामप्रसाद घिमिरे पर्वत २०७७ साउन २८ । नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइनको ट्रार्सफर्मर बिग्रिएपछि पर्वत जिल्ला मोदी गाउँपालिका यतिबेला अन्धकार बनेको छ । ट्रान्सफर्मरमा गत साउन २५ गते राति परेको चट्याङले क्षति पुराएपछि मोदी गाउँपालिकाका ७ वटा वडामा विद्युत सेवा अवरुद्ध भएको छ । यतिबेला मोदी गाउपालिकाबासी विद्युत नभएर अन्धमारमा बस्न बाध्य छन भने विद्युतको अभावमा मोबाईल चार्ज गर्न नपाएर सन्चार सम्पर्कबाट बन्चित बनेका छन् । दैनिक जीवनको अभिन्न अंग बनेको मोवाइल चार्ज गर्न त्यस क्षेत्रका स्थानीय मोदीखोला जलविद्युत आयोजनाको गेट अगाडी जम्मा भएका हुन्छन् । मोवाईल चार्ज गर्न आफुहरु जलविद्युत आयोजनको गेटमा आएको स्थानिय लोक बहादुर नेपालोले बताए ।

विद्युत अवरुद्ध हुदा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतका काम प्रभावित बनेको छ । थ्रिएमभीए क्षमताको ट्रन्सर्फर्मरमा क्षति भएपछी बागलुङबाट ट्रन्सर्फर्मर ल्याई जडान गर्ने तयारी भएको विद्युत प्राधिकरण पर्वतका प्राविधिक याम बहादुर मल्ल जीवनले जानकरी दिए । ८७ टन भन्दा धेरै लोड हुने भएकोले ढुवानी गर्न समस्या भएकोले ट्रान्सफर्मर ल्याई जडान गरेको २ दिनमा विद्युत सुचारु हुने मल्लले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !