असिम चन्द्र विश्वकर्मा बुर्तिबाङ २०७७ साउन २८ । गत साउन १२ राति पहिरोका कारण घर भत्किएर ३ बर्षिय नावालक छोरा गुमाएका निसीखोला गाउँपालिका १ हर्पका कमल परियारको परिवारलाई राहत प्रदान गरिएको छ । स्थानिय युवा सञ्जय सुनार र रोशन विश्वकर्माको सक्रियतामा विभिन्न सहयोगदाताहरुबाट सँकलित ८६ हजार ७ सय ६० रुपैयाँ हस्तान्त्रण गरिएको हो ।
३ बर्षिय छोरा गुमाउँदाको पीडा सँगै आर्थिक अवस्था समेत कमजोर रहेका कमल परियारको परिवारलाई थोरै भएपनी राहात मिलोस भन्ने उद्देश्यले आफुहरुले विभिन्न सहयोगदाताहसँग आर्थिक सँकलन गरेर राहत प्रदान गरीएको अभियन्ता रोशन विश्वकर्माले बताए ।
कार्यक्रममा नेकपाका नेता प्रेम घर्तिमगर, निसीखोला गाउँपालिका २ का अध्यक्ष कुविर विश्वकर्मा, भरत पुनमगर , राजु भण्डारी, सामुदायिक रेडियो ढोरपाटनको तर्फदेखि असिम विश्वकर्मा, सञ्चारकर्मी मिनु बिसी लगाएत स्थानियबासीको उपस्थितिमा राहत रकम हस्तान्त्रण गरिएको थियो । कार्यक्रम अनिल बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।