छविलाल पाण्डे, बुर्तिवाङ २०७७ साउन ३० । ढोरपाटन नगरपालिकाका ग्रामिण क्षेत्रहरुमा बग्ने ठाडा खोलाहरुमा आवत जावतका लागी एउटा काठ तेर्साएर फड्के साँघु बनाएर वारपार गर्ने गरिन्छ । वर्षातको समय खोलामा तेर्साएर राखेको काठ चिप्लो हुने हुनाले वारपार गदा अलिकता गल्ती भएको सिधै खोलमा खसिने हुँदा ज्यान जान बेर लाग्दैन ।
ढोरपाटन नगरपालिका वडा नं. ९ साविक बोबाङ गाविसको फल्लेघरमा देउराली हुँदै बग्ने ठाडो खोलामा फड्के साँघु तर्दै गर्दा चिप्लिएर ढोरपाटन ८ का गोरे सुनारको मृत्यु भएको छ । यो एक उदाहरण मात्र हो ढोरपाटन नगरपालिकामा प्रत्यक बर्ष नदीले बगाएर स्थानिय नागरीकको ज्यान जाने गरेको छ ।
हिँउदको समयमा सामान्य रहेपनी बर्षातको समयमा अत्याधिक बृद्धि हुँदा स्थानियलाई ढोरपाटन बोबाङ आवतजावतमा निकै समस्या हुने गरेको छ । सामान्य काठको फल्याक राखेर ठाडो खोला वारपार गर्दै गरेका स्थानिय त्रासका विच खोला वार पार गर्ने गरेका स्थायिन गगन पुनले बताए । फल्लेघरमा दुई तिन ठाँउमा काठका फल्याक विच्छाएर खोला वार पार गर्ने गरिन्छ ।
नेपालको एकमात्र ढोरपाटन सिकार आरक्ष तथा ढोरबराह मन्दिर दर्शनका लागि जाने पर्यटक तथा स्थानियबासीलाई पुल नहुँदा निकै समस्या हुने गरेको छ । विभिन्न स्थानमा फल्याक राखेर जोखिम मोलेरै भएपनी आवत जावत गर्नुपर्ने वाध्यता छ तर स्थानिय सरकारले जनताको समस्या केहिल्यै बुझेन स्थानिय गगन पुनको भनाई छ ।
जनताको सेवा गर्ने भन्दै चर्का भाषण गर्ने जनप्रतिनिधीले जनता सँग प्रत्यक्ष जोडिएका जटिल देखि सामान्य समस्या समेत नहेर्दा स्थायिन सरकारको काम कार्वाहि जनताका निम्ती प्रभाबकारी नभएको स्थानियको भनाई छ । जनप्रतिनिधी बढिमात्रामा ठेक्का पट्टा, दोजरे विकास तथा आफुलाई नाफाहुने खालको काममा बढि चनाखो देखिन्छन तर जनताका समस्यामा जनप्रतिनिधीको भुमिका कमजोर रहेको स्थानिय हिरा बहादुर बिकले बताए ।
One Comment