बागलुङ २०७७ साउन ३० । जिल्ला प्रशासन कार्यालय बागलुङमा आज प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको समुपस्थितिमा बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पदाधिकारीहरु बीच बागलुङ नगरवासीलाई शुद्ध सफा खानयोग्य पानी आपुर्तिलाई लिएर गम्भीर छलफल भएको छ । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी न्यौपानेले तत्काल शुद्ध सफा खानेपानी आपुर्तिको व्यवस्था गर्न आग्रह गर्दै यदि शुद्ध खानेपानीको समस्या समाधान गर्न संस्थाले तत्काल पहल नगरे कडा कार्बाही गर्ने चेतवानी दिएको छलफलमा सहभागीहरुले ईबागलुङलाई बताए । छलफलमा संस्थामा भएका अनियमित कामहरुको छानविन गरी आवश्यक कार्बाही अघि बढाउने विषयले पनि प्रवेश पाएको सहभागीले बताएका छन् ।
हिँजो मात्र नागरिक समाज एवं आम उपभोक्ताहरुको नेतृत्व गर्दै अभियन्ता अधिवक्ता राम शर्माको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी न्यौपानेलाई भेटी बागलुङ सदरमुकाममा शुद्ध खानेपानीको आपुर्तिमा भएको गम्भीर लापर्वाही प्रति ध्यानाकर्षण गराउदै संस्थामा भएका गैरकानूनी कृयाकलापका बारेमा सज्ञान गराएको थियो । सोहि सन्दर्भमा आज जिल्ला प्रशासन कार्यालयमा संस्थाका पदाधिकारीबीच छलफल भएको बुझिएको छ ।
हामीले प्रमुख अधिकारी न्यौपाने समक्ष आजको छलफलबाट निस्किएका निष्कर्षका बारेमा केहि जानकारी लि खोजेका थियौँ, संस्थाका पदाधिकारीहरुबाट उपभोक्ताहरुलाई शुद्ध सफा पानी आपुर्ति गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । त्यस्लाई सकारात्मकरुपमा लिनु पर्छ ।
पहिले पानी जोडेको ठाउँ अवलोकन गर्दा मध्यपहाडी लोकमार्गको ढलबाट सिधै पाईप जोडी फोहोर पानीटंकीमा पान लगिएकोमा ढलबाट पाईप नजोडी पानीको मुहानमै पाईप जोडेर सफा पानी आपुर्ति गर्ने निर्देशन दिएको स्मरण गर्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले आजपनि बागलुङ बजारमा आपुर्ति हुने पानीको मुहानमा गएर अवलोकन गरेको बताए । पानी जम्मा हुने तलाउमा फोहोर देखिएपछी त्यसलाई सफा गर्न निर्देशन दिएको उनले बताए । पानी जम्मा गरिने तलाउ चारैतिर खुला अवस्थामा रहेकोले त्यसको समुचित सुरक्षाको व्यवस्था गर्न र नियमितरुपमा सफा शुद्धपानी आपुर्ति गर्न संस्थाका पदाधिकारीहरुलाई निर्देशन दिईएको छ, तत्काल शुद्ध सफा पानी आपुर्तिको प्रवन्ध नगरे कडा कदम उठाउन बाध्य हुने पनि ईबागलुङलाई बताए ।
आजै उपभोक्ताहरुलाई शुद्ध सफा पानी आपुर्तिको व्यवस्था हुन उच्च अदालत पोखरा बागलुङ ईजलासमा अधिवक्ता रमेश बहादुर खडकाले निवेदन दर्ता गराएका छन् ।
प्रजिअ न्यौपानेव्दारा खानेपानी आपुर्ति हुने मुहानको निरीक्षण ! बागलुङ नगरवासीलाई तत्काल शुद्ध सफा खानेपानी आपुर्तिको व्यवस्था नगरे कडा कार्बाही गर्ने चेतावनी !
२०७७ श्रावण ३०, शुक्रबार २१:१२
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०
2 Comments