सीता रेग्मी बुर्तिबाङ २०७४ बैसाख २२ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा आज देखी एनएमवि बैङ्कको शाखा सन्चालनमा आएको छ ।
धार्मिक विधिपुर्वक पूजा आजा गरि बुर्तिवाङ बजारमा बैङ्कको ८६ औँ शाखाबाट सेवा शुभारम्भ गरिएको शाखा प्रबन्धक पुष्कल ढुङ्गानाले बताए ।
शाखा शुभारम्भ सँगै निक्षेप संकलन, कर्जा प्रवाह, रेमिट सेवा, विदेशी मुद्रा सटही, सेयर आबेदन संकलन लगायतका सेवा सुरु भएको शाखा प्रवन्धक ढुंगानाले जानकारी दिए ।
बैङ्कको सेवा साईत अनुसार शुभारम्भ गरिएपनि औपचारिक उद्घाटन भने पछि हुने छ । अहिले ४ जना कर्मचारीबाट सेवा सञ्चालन हुने एनएमवि बैङ्क बुर्तिबाङले जनाएकोछ । २०६५ सालमा स्थापना भएको बैङ्कमा २० प्रतिशत लगानी नेरदल्याण्डका लगानी कर्ताको रहेको छ ।
बैङ्कले एनएमवि क्यापिटल मार्फत सेयर बजारका लागि आवेदन संकलन र एनएमवि माईक्रोफाईनान्स मार्फत लघुवित्तिय कारोवार समेत सञ्चालन गर्ने प्रबन्धक ढुङ्गानाको भनाई छ । सेवा शुभारम्भ सँगै बैङ्क खाता खोल्ने क्रम सुरु भएको छ ।