Sorry, that menu does not exist.
 

निसीखोला-६ का वडाध्यक्ष सहितको लागु औषध मुद्दा भदौ २ गते पेश हुँदै

बागलुङ २०७७ साउन ३२ । निसीखोला गाउपालिका ६ भल्कोटका वडाध्यक्षको घरबाट असार १२ गते बरामद गरेको गाँजा र बुर्तिवाङ बजार स्थित मिना होटेलबाट बरामद चरेस र गाँजा मुद्दाको प्रहरीले अनुसन्धान पछी जिल्ला सरकारी वकिल कार्यालय, बागलुङमा फाईल पठाएको छ । जिल्ला सरकारी वकिल सुरेन्द्र काफ्ले संग यस सम्वन्धमा संज्ञान लिँदा पर्सि भदौ २ गते मंगलबार मुद्दा जिल्ला अदालतमा पेश गर्ने बताए ।

स्मरणीय छ, प्रहरीले निसीखोला ६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीको घरबाट ८० केजी ५ सय ग्राम गाँजा र ढोरपाटन नगरपालिका बुर्तिवाङ बजारको मीना होटेलबाट १ सय ९० ग्राम लागु औषध चरेस र ९ केजी गाँजा बरामद गरी होटेल सन्चालक धनबहादुर भण्डारी तथा निजकी श्रीमती मीना थापा भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

यसैवीच ईलाका प्रहरी कार्यालय बुर्तिवाङले क्राउड १ नामको अवैध नेवर्किङ व्यवसाय सन्चालन गरेको आरोपमा डा बालकुमार सुब्बालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाएको विषयमा भने प्रहरी अनुसन्धान कहाँ पुगेको छ प्रकाशमा आएको छैन ।

सम्वन्धित लिंकहरु
क्राउड वान ( CROWD 1)नेटवर्किङ धन्दामा सक्रिय डा. सुब्बा पक्राउ !
थातथलो छोडेर भागेका CROWD 1 अवैध धन्दाका नाईकेहरु प्रहरीको सम्पर्कमा आउन थाले !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !