Sorry, that menu does not exist.
 

पर्साबाट आएका मजदुरमा कोरोना संक्रमण देखिएपछी गल्कोटमा उच्च सतर्कता !

गल्कोट २०७७ भदौ १ । गल्कोट नगरपालिकामा साउन ३२ गते ५२ जनाको स्वाब नमुना संकलन गरिएको छ । गल्कोट नगरपालिकाका स्वास्थ्य प्रमुख मीनराज गैरेका अनुसार गल्कोट बहुमुखी क्याम्पस क्वारेन्टाईनमा बसेका २० जना र समुदायबाट ३२ जनाको स्वाब नमुना संकलन गरी परीक्षणका लागी पठाईएको छ ।

हिँजो मात्र कोरोना संक्रमण पुष्टि भएका गल्कोट ६ डेरा गरी बस्ने ४२ वर्षिय पुरुषलाई धौलागिरी अस्पतालको आईसोलेशन केन्द्रमा रे छ । संक्रमित पुरुष १० दिन पहिले पर्साबाट गल्कोट आएका मजदुर भएको खुलेको छ । उनलाई क्वारेटाईनम राखी स्वाब परीक्षणका लागी नमुना पठाएकोमा रिपोर्ट पोजेटिव आएको हो । उनको स्वाब नमुना संकलन गरी पठाएको ४ दिनपछी पोजेटिव भएको रिपोर्ट आएपछी गल्कोटमा स्वाब नमुना संकलनलाई तिब्रता दिईएको छ । अहिले सम्म गल्कोट क्वारेन्टाईनमा १९ जना रहेको स्वास्थ्य प्रमुख गैरेले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !