सोम शर्मा, बागलुङ २०७७ भदौ १् । बागलुङमा कोरोना संक्रमण फैलिने क्रम बढ्दो छ। केही दिन अघि बागलुङ नगरपालिका ३ हाडेपाखाकी एक २३ बर्षिया युवतीलाइ केही लक्षण देखिएपछी आंफै अस्पताल आएर चेकजांच गरेकी थिइन। त्यसपछी अस्पतालले शंका लागेर उनको कोरोना स्वाब परिक्षण गरेको थियो। उनको कोरोना रिपोर्ट पोजेटिभ आएको बागलुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद खनानले जानकारी दिए। युवती बानपा ३ हाडेपाखास्थित कुखुरा अण्डा ब्यबसाय गर्दै बसेको खुल्न आएको छ।
3 Comments