बागलुङ २०७७ भदौ १ । बागलुङ बजारमा एक पछी अर्को कोरोना संक्रमितको संख्या थपिदै गएको र संक्रमित व्यक्तिहरुको कन्ट्याक हिस्ट्री पत्ता लाग्न नसकेको हुँदा समुदायस्तरमै संक्रमण फेलिएको हुन सक्ने संभावना रहेकोले संक्रमितहरुको क्लोज सम्पर्कमा रहेकाहरुको खोजी र आरटी पीसीआर परीक्षणको तयारी भैरहेको यस कार्यमा स्वास्थ्यकर्मीको टोलीलाइ सहयोग पुराउन बागलुङ नगरपालिका वडा नं ३ वडाकार्यालयले अनुरोध गरेको छ ।
वडा नं ३ की अध्यक्ष लक्ष्मी बाँस्कोटाले जारी गरेको सूचनामा सरकारले तोकेको आचारण, भौतिक दुरी कायम गर्नु पर्ने हवाला दिँदै यस वडा कार्यालयबाट प्रदान हुँदै आएको आवश्यक सेवा बाहेक नियमित सेवा एक हप्ताका लागी बन्द गरिएको जनाईएको छ ।
2 Comments