Sorry, that menu does not exist.
 

सुखौराका ७९ वर्षीय ज्ञवालीले किन ज्यान फाले ?

केशवराज क्षेत्री, बरेङ २०७७ भदौ १। बरेङ गाउँपालिका वडा नम्बर ५ सुखौरा त्रिवेणीका ७९ वर्षीय धन बहादुर ज्ञावालीले झुन्डिएर ज्यान फालेका छन् । साउन ३२ गते आइतबार साझ ५स्३० बजेको समयमा बुहारीले खाना खान बोलाउनको लागि आँटिमा जाँदा घरको बार्दलीमा रहेको चन्दनको काठ र नाइनलको डोरी लगाएर झुन्डिएको अवस्थामा भेटिएको परिवारले बताएको छ । देख्दा बित्तिकै डोरी फुकाएपनि बचाउन नसकिएको, बढी मात्रामा मादक पदार्थ सेवन गर्ने, घरमा झै झगडा गरिरहने गरेको पारिवारिक श्रोतले बताएको छ ।

ज्ञावालीका २ छोरा र श्रीमती को मृत्यु भैसकेको घरमा एक बुहारी र नातिनी रहेका छन भने एउटा छोरा विदेश रहेको बताइएको छ त्यस्तै नातिनी बुहारी गुल्मीको शान्तिपुर बस्दै आएका र नाति विदेश रहेको प्रहरीले बताएको छ । शवलाई सोमबार पोस्ट्मार्टमका लागि प्रहरी जवान प्रेम बहादुर विकको निगरानीमा बुर्तिबाङ पठाईएको इलाका प्रहरी कार्यालय बरेङ डाडाका प्रहरी नायव निरिक्षक दान बहादुर केसीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

6 Comments