Sorry, that menu does not exist.
 

प्रजिअ न्यौपानेको नेतृत्वमा बागलुङ बजार अनुगमन : जोर-बिजोर प्रणाली बिपरीत ३५ सवारीे !

बागलुङ २०७७ भदौ १ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको नेतृत्वमा संयुक्त अनुगमन समितिका सदस्यहरु सम्मिलित टोलीले आज बागलुङ बजार अनुगमन गरेको छ । टोलीले सरकारव्दारा जारी स्वास्थ्य सुरक्षाका मापदण्डको पालना, सवारी साधनहरुमा लागु गरिएको जोर बिजोर प्रणालीको कार्यान्वयन, विभिन्न रेष्टुरेन्ट तथा खाजा घरमा भौतिक दुरीका पालना भए नभएको सम्वन्धमा अनुगमन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय बागलुङले जारी गरेको जोर गतेमा जोर नम्बर बिजोर गतेमा बिजोर नम्वरको सवारी साधनहरु सन्चालन गर्ने निर्देशन विपरीत सडकमा मोटर साईकल, स्कूटी ३२ र ३ हल्का सवारी साधनहरु अनुगमनका क्रममा टोलीले फेला पारेको थियो । बजार अनुगमनका क्रममा पसलहरुमा २६ जना व्यापारीहरु मास्क नलगाई बसेको भेट्टिए भने टोलीले मास्क नलगाउनेलाई मास्क लगाउन निर्देशन दिदै सडकमा मास्क नलगाई हिँडडुल गर्नेलाई मास्क वितरण गरेको थियो ।

यसै गरी बजारमा सन्चालित ४ हाृटेल खाजा घरको निरीक्षणका क्रममा भौतिक दुरीको पालना गर्न जोड दिईएको टोलीका एक सदस्यले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments