खगेन्द्र विश्वकर्मा बागलुङ ताराखोला २०७७ भदौ १ । ताराखोला गाउपालिकाका स्वास्थ शाखा प्रमुख दीपक खड्काले आज ईबागलुङ संग कुरागर्दै नेपाल सरकारको एक स्थानिय तह एक हस्पिटल कार्यक्रम अनुसार तारखोला गाउपालिकामा अस्पताल बनाउने अनुमति प्राप्त भएपछी अस्पताल निर्माण गर्ने काम अगाडि बढेको खुशीको कुरा सुनाए ।
ताराखोला गाउँपालिकामा विकास निर्माण संगै स्वास्थ क्षेत्रमा उल्लेखनीय विकास भएको उनको भनाई छ । स्वास्थ शाखा प्रमुख खड्काका अनुसार गत बर्ष अर्गल स्वास्थ चौकी र हिल स्वास्थ चौकीमा ल्याव सुविधा थप गरियो यो बर्ष तारा स्वास्थ चौकिमा ल्याव राख्छौ र अर्को बर्ष अमरभुमि स्वास्थ चौकिमा थप गरिन्छ । लोक सेवा आयोग नखुलेकोले ९० प्रतिशत हाराहारी कर्मचारी करारमा नियुक्त गरिएको छ । गर्भवती महिलालाई सुनौला हजार दिनमा अण्डा, सावुन, आयोडिन नुन वितरण गर्यौ यो प्रभावकारी मानिीएको छ । प्रशासनिक हिसाबले हेर्दा स्वास्थ संस्था एकाईमा अत्यावश्यक जिन्सी सामाग्री पूरा गरिएको छ । खासमा ९ वर्तमान सन्दर्भ कोरोना प्रभाव र अहिलेको कामहरुको सन्दर्भमा कोरोना सम्बन्धि प्रभावित कामलाई हेर्दा पालिकाले राम्रो व्यवस्था गरेको छ । यसको व्यवस्थापनमा हामी साच्चिकै तन,मनले खटिएका छौँ ।
गाउँपालिकामा जीवनमा खास मन लागेर गरेको काम छ भने अहिले कोरोना प्रभावित व्यवस्थापन सम्बन्धि काम हो, किनकि काम गर्नको लागि अवसर चाहिन्छ त्यो अवसर गाउपालिकाले मलाई दिएको छ, उनले भने तसर्थ यो समयमा पालिकामा कुनै गर्भवती , कुनै सिकिस्त विरामी जस्ता दुखद घटना हुन पाएन । जब कोरोना प्रभाव बढेपछि मेरो जिम्मेवारीमा सवारी पास, क्वारेन्टाइन व्यवस्थापन , उद्दार तथा राहत वितरण, स्वाव संकलन ,सम्पर्क समन्वय र रिपोर्ट बुझाउने लगाएतको जिम्मेवारी थियो । आफ्नो पेसा मर्यादा , यहाँ जनताहरु संगको आत्मियता मनमा लिएर काम गरेको उनले खुलासा गरे ।
यसरी काम गर्दा अहिले सम्म १ सय ३७ जना ताराखोलाका प्रवासीहरु क्वारेन्टाइनमा बस्नु भयो १४ जना पोजेटिभ देखिनु भयो उहाहरुलाई आईसोलेसनमा राखेर अहिले निको भएर घर फर्कनु भएको छ । हामी संग ११ वटा क्वारेन्टाइन थिए । अहिले २ वटा मात्र छन् । हिल स्वास्थ चौकीमा र अमरभुमि स्वास्थ चौकिमा क्वारेन्टाइन अहिले अमरभुमिमा २ जना र हिल स्वास्थ चौकीमा ११ जना छन् । भारतबाट ठुलो संख्यामा आउनु भयो कतार, साउदी, युएई र जापानबाट पनि आउनुभएको थियो । अब सरकारले विद्यालयमा क्वारेन्टाइन नबनाउने निर्णय संगै र ताराखोला गाउपालिकाको विपत व्यवस्थापन समितिको बैठकको निर्णय संगै र चाडपर्व नजिकिदै गर्दा तेस्रो मुलुकबाट ठुलो संख्यामा गाउपालिकाबासी प्रवासिएका आउने संभावना देखिएकोले त्यसलाई व्यवस्थापन गर्नको लागि गापा भित्र रहेका सामुदायिक भवनमा क्वारेन्टाइनको व्यवस्थापन गर्न लागेका छौ ।
खासमा कोरोना प्रभावबाट वच्न बचाउन विदेशबाट आउनेलाई व्यवस्थापन गर्न हामी निकै चुस्त रुपमा काम गरेको छौ । यसमा आर्थिक ,भौतिक ,नैतिक सहयोग यहाको राजनिती कर्मी, बुद्धिजीवी, समाजसेवी सबैको साथ सहयोग मिलेको छ । कोरोनाको प्रभाव भएपनि हामीले नियमित सेवा अन्तरगतका कामहरु खोप सेवा, ओ पि डि सेवा, सुत्केरी जाँच सेवा, गर्भवती जाँच सेवा लगाएतका दैनिकी सेवा दिईरहेको छौ । स्मरणीय के छ भने स्वास्थ शाखाका प्रमुख दिपक खड्कालाई गाउँपालिकाले राम्रो काम गरेकोले पुरस्कृत गरेको थियो।