Sorry, that menu does not exist.
 

मृगौला पीडित सुनसरी सुनारको सहयोगार्थ सन्चारकर्मी विश्वकर्माको पहलमा संकलित रु ३ लाख ५० हजार हस्तान्तरण !

पर्वत २०७७ भदौ २ । महाशिला गाउँपालिका वडा नं. १ अर्गाउदी निवासी दुबै मृगौला फेल भएर उपचारको क्रममा रहेकी सुनसरी सुनारको सहयोगका लागी फलेवास स्थित अहिंसावादी रेडियो पर्वतमा कार्यरत संचारकर्मी लक्ष्मण बिश्वकर्माको पहलमा संकलित ३ लाख ५८ हजार रुपैयाँ मृगौला पीडितको परिवारलाई हस्तान्तरण गरिएको छ । विभिन्न सहयोगी महानुभावहरुबाट संकलन गरिएको सो रकम सन्चारकर्मी विश्वकर्मा पीडितको घरमै पुगेर सुनसरी सुनार बचाउ अभियानका प्रमुख अभियन्ता मृगौला पीडितको ससुरालाई उक्त रकम हस्तान्तरण गरेका हुन ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै रकम संकलनकर्ता बिश्वकर्माले जटिल रोगी, असहाय र समस्यामा परेकालाई सहयोग गर्नु नै मानवीय धर्म भएको बताउदै सुनारको उपचारमा थोरै भएपनि सहजता होस, दुखेको घाउमा मल्हम लागोस भन्ने उदेश्यले आफ्ना साथीहरू तथा आफन्तहरुसंग आग्रह गरि सहयोग संकलन गरेको बताए ।

दुखी र समस्या परेकालाई उद्धार तथा राहतको लागि आफु सँधै जुटिरहने भन्दै विश्वकर्माले जटिल रोगका बिरामी, दुखी, गरिब, अपाङ्ग, बेसहारा र असहाय व्यक्तिलाई दान गर्दा र समस्यामा परेकाहरुलाई सेवा र सहयोग गर्नु नै त्यो भन्दा पुण्य कार्य र मानवीय धर्म अरु केही हुन नसक्ने बताए । आफ्नो सामाजिक कार्य निरन्तर रहने बताउदै सकारात्मक कार्यमा सधैं सबैले साथ र सहयोग गर्न आग्रह गर्दै स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण सहयोगी महानुभावहरुलाई बिश्वकर्माले धन्यवाद व्यक्त दिए ।

उक्त कार्यक्रममा बोल्दै सुनसरी सुनार बचाउ अभियानका प्रमुख अभियान्त शिक्षक, समाजसेवी तथा बुद्धिजीवी व्यक्तित्व लेककाजी गुरुङले आफ्नो अभियानमा मोटो रकम संकलन गरि घरमै आएर हस्तान्तरण गरेकोप्रति खुशी व्यक्त गरि रकम संकलनकर्ता पत्रकार तथा संचारकर्मी बिश्वकर्मालाई आफ्नो तथा सम्पुर्ण अभियान्त टिमको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए । हालसम्म सुनसरी बचाउ अभियानमा विभिन्न सहयोगी महानुभावहरुको तर्फबाट करिब २२ लाख सहयोग रकम संकलन भएको बताउदै पैसाको अभावमा सुनसरी सुनारको उपचार नरोकिने गुरुङले बताए । साथै अभियानमा उल्लेखनीय सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी महानुभावहरुलाई उनले धन्यवाद दिए ।

पर्वतको महाशिला गाउँपालिका वडा नं. ६ फलामखानी निवासी बिश्वकर्मा विभिन्न संचार माध्यम तथा संघसंस्थाहरुमा आवद्ध छन् । विश्वकर्मा सत्कर्म मिडिया प्रालिद्वारा संचालित “संचार जोड्ने संचार“ स्वतन्त्र पोष्ट अनलाइन पत्रिकाका प्रधान सम्पादक हुन् । बिश्वमर्माले मृगौला पीडित सुनारको माइतीघर फलामखानी पर्वत, स्वदेश तथा बिदेशमा रहेका दाजुभाई दिदिबहिनीहरु, त्यस्तै रोजगारीका सिलसिलामा साइप्रस,इजरायल, कुवेत,मलेसिया, ओमन, कतार र भारत लगायतका देशमा रहनुभएका सहयोगी तथा रकम संकलन अभियान्तहरुको सहकार्यमा उक्त सहयोग रकम जुटाएका हुन् ।मृगौला पीडित सुनारले अहिले बुटवल स्थित गौतम बुद्ध अस्पतालमा मृगौला डायलेसिस गराइरहेकी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !