Sorry, that menu does not exist.
 

अस्पतालको छतमा डेंगु पोखरी ?

बागलुङ २०७७ भदौ २ । धौलागिरी अस्पताल तुलनात्मकरुपमा पहिले भन्दा सफा देखिन्छ । झट्ट हेर्दा देख्दा अस्पताल सफा र राम्रोछ । अस्पताल परिसर भित्र रहेको फोहोर र सेफ्टी ट्यांकीको दुर्गन्ध संग अस्पताल व्यवस्थापन र प्रशासन वाकिफ नै छ ।

वर्षातको समय निरन्तर पानी परिरहने हुँदा अस्पताल (भवन)का छत बराण्डा र करेसा वरपर पानी जमेर लामो समय सम्म निकास नपाउदा पोखरीको रुपमा परिणत भएको चलदृश्य (VDO) ईबागलुङलाई प्राप्त भएको छ । छत बराण्डामा जम्मा भएको पानी तत्कालै सफा गर्नु पर्ने हो, नमालुक किन त्यो हुन सकेन । देख्नेहरुले यसलाई डेंगु पोखरी भनेर टिप्पणी गरिरहेका छन् ।

अस्पताल व्यवस्थापन समितिले, G4S कम्पनी मार्फत ८ जना सफाई कर्मचारी नियुक्ती गरेर मासिक रुपमा G4S कम्पनिको नाममा रु २ लाख ६ हजार ५ सय ६० रकम भुक्तानी पठाई रहेको छ । मासिकरुपमा यति ठुलो रकम सरसफाई कर्मचारीको नाममा खर्च गर्ने तर अस्पताल भवनका भित्ता र गारोमा पिपलका बोट उम्रिने, पानी जमेर दुर्गन्धित बन्ने र लामखुट्टेको प्रजनन स्थल बनेर डेंगुको प्रकोप बढ्ने सम्भावनालाई अस्पतालका आँखाले नदेख्ने यो त अँधेर नगरी चौपट राज भएन र ?

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !