छविलाल पाण्डे, बुर्तिवाङ २०७७ भदौ ३ । नेपाली काँग्रेस निसिखोलाव्दारा पहिरोका कारण घर भत्किएर छोरा गुमाएका निसीखोला १ हर्पका कमल परियारलाई राहात हस्तान्त्रण गरीएको छ । गत साउन १२ गते रातीको पहिरोका कारण पाँचबर्षिय छोरा गुमाएका परियारलाई दुखको घडीमा थोरै भएपनी राहात होस भन्ने उदश्यले राहत हस्तान्तरण गरिएको हो ।
नेपाली काँग्रेस निसीखोला १ को सक्रियतामा ५६ हजार १ सय रुपैयाँ सँकलन गरी हस्तान्तरण गरीएको हो । राहत रकम हस्तान्त्रण कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, उपाध्यक्ष शोभाकुमारी कार्की, नेपाली काँग्रेस महाकिवेशन प्रतिनिधी टेकराज पौडेल, वडा नं. १ का वडा अध्यक्ष एवम नेपाली काँग्रेस निसीखोला पार्टी सभापती इन्द्रबहादुर मल्ल, वडा सभापती तेजबहादुर मल्ल, सचिव चन्द्रसिँह रामजाली , लगाएतको उपश्थितीमा राहत हस्तान्त्रण गरीएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष पौडेलले यसबर्ष निसीखोला गाउँपालिकामा बाढी पहिरोले मानवीय सँगै भौतिक क्षेति बढि गरेको बताउँदै पालिकामा ३ जना बालबालीका सहित ४ जनाले ज्यान गुमाउँदा आफुहरु दुखित भएको बताए ।
बाढी पहिरोका कारण दर्जनौँ घर सँरचना ध्वस्त भएको खेती योग्य जमिनमा बाढी पहिरोका कारण क्षेति भएको र मध्यपहाडी लोकमार्ग सँगै अधिकाँस
ग्रामिण सडक खण्ड अवरुद्ध बनेको बताउँदै अझै पनी बर्षातको समयमा सबै संयमित बन्नपर्ने उनको भनाई थियो । उनले दैवी प्रकोपमा परेर समस्यामा रहेका परिवारलाई गाउँपालिकाले समेत सक्दो सहयोग गर्ने जनाउँदै जोखिम युक्त क्षेत्रमा बढि ख्याल गरेर बस्नुपर्ने सल्लाह दिए ।