Sorry, that menu does not exist.
 

जुभुङ्ग काब्रेपोखरीमा शैक्षिक एवं धामिर्क महोत्सव सुरु (तस्वीर )

प्रेम सुनार, गुल्मी, २०७३ पुस २६ । गुल्मीको जुभुङ्ग काब्रेपोखरी शैक्षिक तथा धार्मिक महोत्सव–२०७३ पुस २५ गते देखि सुरु भएको छ ।

१०८ राष्ट्रशान्ति धार्मिक महोत्सव संकल्पकर्ता गोविन्दशरण महाराजजी र मधुरवाणी पुज्यादिदी मिना देवीबाट पुस २५ देखि ८ दिन सम्म प्रवचन हुने महोत्सवको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले उद्घाटन गरेका थिए ।

महोत्सवको पहिलो सत्रमा जुभुङ्गका विभिन्न गाविसमा कलशयात्रा सहितको प्रभातफेरी गरी काभ्रेपोखरी उच्च माध्यमिक विद्याल प्राङ्गणमा सजाईएको विशाल मञ्चमा औपचारिक कार्यक्रम सुरु भएको थियो ।

हिँजो पहिलो दिनमै करिव ५० लाख रकम संकलन भएको आयोजकले जनाएका छन् । पहिलो दिनका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले ५ हजार १ सय चन्दादान गरेका थिए । उनलाई गोविन्दजी महाराजले सम्मान गरेका थिए ।

कार्यक्रममा प्रवचनका अलवा राधाकृष्णको नृत्य र मञ्चन गरिनुको साथ शुभकामना मन्तव्य राखिएको थियो । कार्यक्रममा जिल्ला ईन्जिनियर सुनिल रञ्जितकार , कोष तथा लेखा निरीक्षक कार्यालयका लेखापाल भुपाल ज्ञवाली, जुभुङ्ग गाविस सचिव कमलप्रसाद पाण्डेय, ,जुभुङ्गका श्रोत व्यक्ति खिमबहादुर महत , शिक्षा प्रेमी तथा समाज सेवी जगनाथ गौतम , क्याप्टेन सन्तबहादुर खड्का , क्याप्टेन चन्द्रबहादुर जिसी , पुर्व लेखा अधिकृत हुमबहाद्र थापा , सुवेदार केशरसिंह सारु , जिल्लाका पत्रकारहरुको तर्फबाट प्रेम सुनार लगायतको विशेष आतिथ्यता रहेको थियो ।

जुभुङ्ग काब्रेपोखरी शैक्षिक तथा धार्मिक महोत्सव मुल समारोह समितिका अध्यक्ष ज्ञानबहादुर खड्काको अध्यक्षतामा सुरु भएको कार्यक्रममा त्यस विद्यालयका प्राचार्य तथा समारोहका महासचिव तेजेन्द्र खड्काको स्वागत मन्तव्य र पूर्व प्राचार्य श्रीराज खड्काको सञ्चालन रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply