Sorry, that menu does not exist.
 

बागलुङ नगरपालिकाका थप दुईजनामा कोरोना संक्रमण पुष्टि

बागलुङ २०७७ भदौ ८ । स्वास्थ्य निर्देशनालय पोखराले केहि समय अघि जारी गरेको अध्यावधिक विवरण अनुसार बागलुङ नगरपालिका २ नं वडाका २० वर्ष उमेरका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगंै बागलुङ जिल्लामा संक्रमितको संख्या २८३ पुगेको छ भने उपचार पछी निको भएर घर फर्किनेहरुको संख्या २६० रहेको छ । धौलागिरी अस्पतालको आईसोलेसन केन्द्र अहिले २० जना संक्रमितको उपचार भैरहेको छ । आज थपिएका २ जना संक्रमित समेत थपिदा आईसोलशनमा २२ जना रहने छन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८८ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ८ जना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ (Contact Tracing)मार्फत पहिचान खुलेको हो । स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिकाको १ जना र तनहु जिल्ला ब्यास नगरपालिकाको १ जना गरि २ जना नेपाली सेनामा कार्यरत छन् भने म्याग्दी जिल्ला, बेनी नगरपालिकाको १ जना व्यक्ति नेपाल प्रहरीमा कार्यरत छन् ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६१२ (८५.३८) प्रतिशत रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

5 Comments