रामप्रसाद घिमिरे, बागलुङ २०७७ भदौ ८ । धौलागिरी अस्पताल बेला बेला चर्चामा आईरहन्छ । यस अस्पतालमा उपचार सम्भव नभएको भनी पोखरा रिफर गरिएका विरामी बेनी अस्पतालमा गएर सफल उपचार गरेको घटना होस् या सफाई कर्मचारी र सुरक्षा गार्डको नियुक्ती अस्पतालबाटै विज्ञापन निकालेर नगरी पोखराको G4S कम्पनि मार्फत गरेर मासिक लाखौँ रकम अपचलन गरिएको विषय होस् या अस्पतालमा कार्यरत अपांग महिला कर्मचारी प्रति दुव्र्यवहार कै विषय किन नहोस् या जोखिम भत्ता माग र वितरणमा विभेदको विषय होस या अस्पताल व्यवस्थापन समितिको बैठक भत्ता र भातमा भएको खर्चलाई लिएर उठेको प्रशंग किन नहोस् अस्पताल बारम्बार चर्चामा आईरहेको छ ।
पछिल्लो समय धौलागिरि अस्पतालमा अख्तियारबाट निलम्वनमा परेका कर्मचारीबाट लेखा सम्वन्धी कामहरु हुने गरेको रहस्य सार्वजनिक भएको छ । पोखरा महानगरपालिकाबाट सरुवा भएर धौलागिरी अस्पतालको लेखाधिकृतमा आएका झलक आचार्य गत २०७६ साल असारमा अख्तियारले उनि जिल्ला विकास समिति कास्कीमा कार्यरत रहँदाको एक केसमा उनलाई निलम्बन गरेको श्रोतले बतायो । निलम्बनमा परेपछी पनि आचार्यलाई अस्पताल प्रशासनले अहिले सम्म काममा लगाईरहेको सम्वन्धमा अस्पतालका सिमेअ डा शैलेन्द्र बिक पोखरेलसंग जानकारी लिँदा उनले काममा लगाईरहेको स्वीकार गर्दै दस्तखत भने उनले नगर्ने गरेको बताए । अख्तियारबाट निलम्वन गरेका कर्मचारी मुद्दाको अन्तिम टुंगो नलाग्दा सम्म सरकारी काममा लगाउन वा गराउन हुन्छ र ? भन्ने हाम्रो प्रश्नमा डा पोखरेलले काम उनले गरेपनि कागजपत्रमा दस्तखत उनले गर्दैनन् भनेर पन्छिए ।
अहिले अस्पतालको लेखा अधिकृतमा तमानखोला गाउपालिकाका लेखा अधिकृत यमबहादुर थापा सरुवा भएर आएको पनि १४।१५ महिना भयो । उनले लेखा सम्वन्धि काम गर्न पाएका छैनन्, अस्पताल श्रोत भन्छ, निलम्वित आचार्यले तयार पारेको बिल भौचरमा दस्तखत गर्ने बाहेक अर्को उनको काम छैन । अस्पतालका लागी भनेर सामानहरु खरीद गर्दा वा खर्च गर्दा माग फाराम, दाखिला फाराम केहि तयार नगर्ने पछी लेखा अधिकृत थापालाई हस्ताक्षर गराउदा बैशाख महिना तिर निकै विवाद उत्पन्न भएक श्रोत बताउछ ।
यस सम्वन्धमा जानकारी लिन ईबागलुङको टीम लेखा शाखामा जाँदा टीम आएको थाहा पाएर लेखा शाखामा कर्मचारी बहिर निस्की सकेका थिए । लेखा अधिकृत थापाले आफु माथी भएको दबाब र ज्यादतीलाई आफ्नो फेसबुकमा प्रकट गरेका छन् । अस्पतालको लागि सवारी साधन (गाडी) खरीद गर्दा पनि आफुलाई गलत प्रयोग गरिएको थापाको मनदुखाई छ । लेखा अधिकृत थापालाई सोद्धा सबैकुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबि राना र सूचना अधिकारी तीर्थ गौतमलाई सोध्नुस मात्र भन्छन् । तर उनले फेसबुकमा राखेको स्टाटसनै उनको मनको पीडालाई जाहेर गरेको अस्पतालका कर्मचारीहरु बताउछन् । अस्पताल प्रशासन र व्यवस्थापनले लेखा अधिकृत थापाप्रगि गरेको व्यवहारबाट उनलाई मानसिक आघात परेको प्रष्ट हुन्छ ।
यो त सरासर अन्याय हो, अस्पतालका कर्मचारीहरु भन्छन् तर अस्पताल प्रशासन र व्यवस्थापनको लेँडेढीपी माथी कसैको केहि जोर चलेको छैन । जनताको स्वास्थ्य संग सरोकार रहेको अस्पताल भित्रको अनियमितता बारे प्रशासनले सज्ञान लेओस भन्ने कर्मचारीहरुको माग रहेको छ ।
यस सम्वन्धमा कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक नि प्रमुख कृष्ण प्रसाद आचार्यले निजामती सेवामा कर्यरत जुनसुकै कर्मचारी भ्रष्टाचारको अभियोगमा निलम्बिनमा परेमा मुद्दाको छिनोफानो नहुँदा सम्म कुनैपनि कार्यालयमा कामगर्न नपाउने यदि त्यसो गरिएको भए कानुन बिपरित ठहरिने इबागलुङलाई बताए ।
निलम्वित लेखा अधिकृत आचार्यले अस्पतालको सवारी साधन समेत प्रयोग गर्दैै आएको मात्र होईन उनलाई अस्पतालबाट आवश्यक सुविधाको प्रवन्ध मिलाईएको श्रोत बताउछ । अख्तियारले निलम्वन गरेका कर्मचारीलाई काममा लगाएर अस्पताल भित्र आवास सुविधा सहित ध १ ब ४२४ को मोटर साईकल समेत प्रयोग गर्न दिएर ज्वाईँको सम्मान दिने अस्पताल प्रशासनलाई कसले कार्बाही गर्ने ?
7 Comments