Sorry, that menu does not exist.
 

अबको निषेधाज्ञा थप कडा : बित्तिय संस्थाहरु बन्द, पसलहरु विहान मात्र खोलिने !

सोम शर्मा, बागलुङ २०७७ भदौ ८ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक सुरेश न्यौपानेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले बागलुङ नगरपालिका क्षेत्रमा जारी निषेधाज्ञालाई थप गरिएको अवधिमा थप कडा गर्ने निर्णय गरेको छ । बैठकले यहि भदौ ९ गते सम्मका लागी लागु गरेको निषेधाज्ञाको अवधिलाई आगामी भदौ १५ गते मध्यराति १२ बजे सम्म निरन्तरता दिने निर्णय गरेको छ ।

बैठकमा जारी निषेधाज्ञावधिमा बागलुङ नगरपालिकामा थप ८ जनामा समुदायमा संक्रमण फैलिएकोले कोरोना संक्रमणको लक्षण देखिएकालाई धौलागिरी अस्पताल र धौलागिरी बहुमुखी क्याम्पसको आईसोलेशन केन्द्रमा राख्ने र लक्षण नदेखिएका संक्रमितहरुलाई बागलुङ नगरपालिकको व्यवस्थापनमा सन्चालित बहिरा आवासीय विद्यालय बांगेचौर आईसोलेशन केन्द्रमा राखी उपचार गर्ने निर्णय गरेको छ । यसैगरी जिल्लामा रहेका क्वारेन्टाईनहरुलाई व्यवस्थित गर्ने पनि निर्णय भएको प्रशासकीय अकिकृत धिरेन्द्र पन्तले जानकारी दिए ।

थप गरिएको निषेधाज्ञा अवधिमा बैँक तथा वित्तिय संस्था, लघुवित्त संस्था, सहकारी संस्थाहरु तोकिएको समयमा सन्चालन गरी सेवा प्रवाह गरिदै आएकोमा अब बैँक लगायत अन्य वित्तिय संस्थाहरु पूर्णत बन्द गर्ने बैठकले निर्णय गरी अनलाईन प्रणालीबाट बैँकिङ कारोबार गर्ने निर्णय गरिएको छ । बैठकले हाल बिहान र साँझ दुई पटक २/२ घण्टा पसलहरु खोल्दै आएकोमा अबोप्रान्त थप गरिएको अवधिमा बिहान ६ बजे देखी ९ बजे सम्म दिनमा एक पटक खोल्ने निर्णय गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment