Sorry, that menu does not exist.
 

पहिरोले घर पुरिदा ढोरपाटन-२ की १९ वर्षिया पुजा परियारको मृत्यु

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ भदौ ९ । गए रातिको अविरल बर्षाका कारण गएको पहिरोले घर पुरिँदा ढोरपाटन नगरपालिकामा एक युवतीको ज्यान गएको छ । ढोरपाटन नगरपालिका २ अर्नाक स्थित कली परियारको १९ बर्षिय छोरी पुजा परियारको ज्यान गएको हो ।

घरमा सुतिरहेको अवस्थामा घर माथिदेखि खसेको पहिरोले घर पुरिँदा उनको ज्यान गएको वडा अध्यक्ष युवराज महतले ईबागलुङलाई बताए । मृतक परियारका घरका अन्य सदस्य अर्का घरमा सुतेका कारण उनिहरुको ज्यान बचेको उनले बताए ।

ईलाका प्रहरी कार्यलय बुर्तिबाङको टोली अहिले घटना स्थल तर्फ जादैँ गरेको प्रहरी निरिक्षक प्रकाश सिहं भण्डारीले जानाकारी दिए । अविरल वर्षातका कारण बुर्तिबाङ देखी अर्नाक जाने बाटोहरुमा धेरै ठाउँहरुमा पहिरो गएकाले पुग्नको निम्ति समस्या भईरहेको भण्डारीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !