Sorry, that menu does not exist.
 

खप्तडीवाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध, अबिरल वर्षाका कारण निसीखोलामा दर्जनौँ घर जोखिममा

कुम्विर विश्वकर्मा, बुर्तिवाङ २०७७ भदौ ९ । बुर्तिवाङ खप्तडीबाङमा पहिरो गएर मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । आज विहान गएको पहिराले लोकमार्ग अवरुद्ध हुँदा सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।

उता अविरल वर्षाका कारण निसी खोलाका २ का विभिन्न ठाउँहरुमा पहिरो गएर दर्जनौ घरहरु उच्च जोखिममा परेको केहि घरहरु पहिरोले क्षति पुराएको निसीखोला गाउपालिका २ का अध्यक्ष कुविर बिकले ईबागलुङलाई बताए ।

वडाध्यक्ष विकले दिएको जानकारी अनुसार वडा नं २ लाम्पाटा हाँडीमा गएको पहिरोले देवबहादुर कुवरको गोठ पूर्णरुपमा क्षती भएको छ भने उनको घर उच्च जोखिममा रहेको छ । निसीखोला २ कै दमपाटामा मध्यपहाडी लोकमार्गमा पहिरोका कारण ६ घर पहिरोको जोखिममा रहेको छ भने दुले बगर, सेला बगर, खोर, खाडु सिवाङ खोला, लोहागेको पहिरो, नौमुरे खारबजार लगायत विभिन्न ठाउँहरु पहिरोको उच्च जोखिम रहेको वडाध्यक्ष विकले बताए ।

उनले बाहुन गाउँका तिल बहादुर छन्त्याल, सहवीन छन्त्याल लगायत ६ घर जोखिममा रहेका जानकारी दिए । एक हप्तापहिले निसी कै काडाखानी एरियाको साउन पानी भन्ने ठाउँमा ५ सय मिटर जमीन भासिएर २७ घरलाई क्षेती पुगेको र ३० घर उच्च जोखिममा रहेको ईबागलुङलाई जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !