रामकृस्ण कंडेल, गुल्मी २०७७ भदौ ९ । गुल्मी प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काको एक बिशेष कार्यक्रमका साथ बिदाई गरिएको छ। जिल्ला सुरक्षा समिति तथा डिसिसियमसी, गुल्मीको तर्फ बाट प्रहरी उपरीक्षक खड्काको बिदाई गरिएको हो।
जिल्ला प्रहरी कार्यालय, गुल्मीबाट प्रदेश प्रहरी कार्यालय, प्रदेश नं ५ दाङमा सरुवा भएका प्रहरी उपरीक्षक खड्कालाई प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले दोसल्ला ओढाएका थिए ।
जिल्लामा रहदा शान्ति सुरक्षा, सुव्यवस्था, अमनचयन, विपद् व्यवस्थापन तथा कोभिड(१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणको सन्दर्भमा निभाएको भुमिकाको उच्च कदरका साथ सम्मान व्यक्त गर्दै बिदाइ गरिएको हो।