Sorry, that menu does not exist.
 

यस्तो छ, बागलुङ जिल्लामा कोविड-१९ को पछिल्लो अपडेट

बागलुङ २०७७ भदौ ९ । बागलुङ जिल्लाका १० स्थानीय तहमा कोरोना संक्रमितहरुको अवस्था, व्यवस्था र यसको रोकथाम तथा नियन्त्रणका लागी जिल्ला संकट व्यवस्थापन समितिव्दारा गरिएका प्रयासहरु जिल्ला प्रशासन कार्यालय बागलुङ र स्वास्थ्य कार्यालय बागलुङले समय समयमा सूचना प्रकाशित गरेर जानकारी सार्वजनिक गर्ने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले आज प्रकाशित गरेको सूचना अनुसार जिल्लाका विभिन्न क्वारेन्टाईनहरुमा ५६ जना रहेका छन् जबकि क्वारेन्टाईनको क्षमता २१८६ जनाको रहेको छ । हालसम्म जिल्लामा ६०४६ जनाको पीसीआर परीक्षण गरिएकोमा ५८३१ जनाको रिपोर्ट प्राप्त भएको छ भने २१५ जनाको रिपोर्ट आउन बाँकी छ । प्राप्त रिपोर्ट मध्य २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस मध्य २६० जना उपचार पश्चात निको भएर घर फर्किएका छन् भने २० जना धौलागिरी अस्पतालको आईसोलेशनमा उपचाररत छन् । थप २ जना संक्रमितलाई आईसोलेशन केन्द्रमा ल्याउने तयारी भैरहेको जिल्ला प्रशासन कार्यालय बागलुङको सूचनामा उल्लेख छ । एक जना संक्रमितको मृत्यु भएको सूचनामा जनाईएको छ ।

बागलुङ जिल्लामा धौलागिरी अस्पताल, धौलागिरी बहुमुखी क्याम्पस, बहिरा आवासीय विद्यालय, नरेठाँटी स्वास्थ्य चौकी, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र निसीभूजी जनता क्याम्पस गरी आईसोलशन बेड संख्या १९१ रहेको छ ।
बागलुङ नगरपालिकाकी ५४ वर्षिया महिला कोरोना संक्रमित !
भदौ ९ गते स्वास्थ्य कार्यालय बागलुङले कोविड-१९ सम्वन्धी दिएको जानकारी यस्तो छ,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment