Sorry, that menu does not exist.
 

आज ८८५ जना थपिएपछी संक्रमितको संख्या पुग्यो ३४४१८

बागलुङ २०७७ भदौ १० । आज देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको १३२५३ जनाको स्वाब नमुना परीक्षणमा ५५६ पुरुष र २९९ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशमा संक्रमितको संख्या ३४,४१८ पुगेको छ भने १९,५०४ निको भएर घर फर्किएका छन् । हाल आईसोलेशनमा १४७३९ आइसोलेसनमा उपचारत छन् ।

प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार २४ घन्टामा ३८५ जना निको भएर घर फर्किएका छन् भने आज बुधबारसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार २५२ परीक्षणहरु गरिएका छन् ।

आजमात्रै काठमाडौमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी ३०१ जना कोरोना संक्रमित थपिएको प्रवक्ता डा गौतमले जानकारी दिए । यसका साथै सर्लाहीका १२० जना, सुनसरीका ५५, धनुषाका ४३, चितवनका ४२, कैलालीका २९, बाराका २४, लमजुङका २३, प्युठानका २२, काभ्रेका २१, रौतहट र अछामका २०र२० जना, रुकुमका १९, महोत्तरी र मकवानपुरका १८र१८ जना, झापा र दाङका १६र१६ जना, मोरङका १३, तेह्रथुमका ८, नवलपुर र सुर्खेतका ७र७, पाँचथर, कास्की, कपिलवस्तु र बाँकेका ४र४ जना, सिराहाका ३ जना, दोलखा, धादिङ, नवलपरासी, कञ्चनपुर, डडेलधुरा र डोटीका २र२ जना तथा खोटाङ, पर्सा, सप्तरी, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, बर्दिया, रोल्पा, जाजरकोट, दैलेख र सल्यानका १र१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय बागलुङले आज प्रकाशित विवरण अनुसार बागलुङ जिल्लामा जम्मा पोजेटिव केसहरु २८४ रहेको र निको भएकाको संख्या २६१ रहेको जनाईएको छ । विवरण अनुसार हाल २२ जना आईसोलेशनमा उपचाररत छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !