केशवराज क्षेत्री, बरेङ २०७७ भाद्र १० । बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर साविकको वडा नम्बर ५ स्थित सामुदायिक भवनको आइसोलेसन केन्द्रमा बुधबार स्थानीय ६३ वर्षीय पुरुष प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएको छ ।
भारतको हैद्रवादबाट आएका र गत साउन २९ गते स्वाव लिदा एकाघरका ४ जना श्रीमान श्रीमती र दुई छोरा मध्य रिपोर्टमा श्रीमती र ७ वर्षीय छोरालाई कोरोना पोजेटिभ देखिएको तर उनिहरु छुट्टिएर बाहिर जान नचाहेकोले सोही सामुदायिक भवनमा नै आइसोलोसन कक्ष गराई राखिएको थियो । त्यही आइसोलेसन स्थानमा ती स्थानीय प्रवेश गरेको र स्थानीयहरुले किन के का लागि प्रवेश गरेको भनेर प्रश्न गर्दा उनले चित्तो बुझ्दो जवाफ नदिएपछी उनलाई क्वारेन्टाइनमा राखिएको कोरोना सचेतना तथा टोल निगरानी समितिका संयोजक धनिश्वर पौडेलले बताए ।
स्थानीय युवा, बुद्धिजीवी मिलेर ती वृद्द्लाई उनकै घरको छुट्टै कोठामा क्वारेन्टाइन निर्माण गरि राखिएको र कोरोना पोजेटिभ देखिएकाको पुनः अर्को रिपोर्ट नआउन्जेल बाहिर ननिस्कन सुझाव दिइएको समितिमा संयोजक पौडेलले जानकारी दिए ।