सोम शर्मा, बागलुङ २०७७ भदौ १० । उच्च अदालत पोखरा बागलुङ इजलासमा खानेपानीको बिषयमा मुद्दा परेपछि अदालतले सम्बन्धित निकायलाइ खानेपानीको यथास्थितिको बारेमा बुझ्न निर्देशन भएबमोजिम आज प्रमुख जिल्ला अधिकारी सुरेश न्योपाने, बागलुङ नगरपालिकाका नगरप्रमुख जनक राज पौडेल र प्रदेश सभा सांसद इन्द्रलाल सापकोटा लगायत बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्था, प्राबिधिक टोलीले खानेपानीको मुहानको अनुगमन गरेका छन।
अनुगमन पस्चात प्रमुख जिल्ला अधिकारी न्योपानेले पहिला झै बाटोबाटै पानी चाहिँ ल्याएको नदेखिएको इबागलुङलाई बताए । रेश र भुंदी खोलाको मुहान निरीक्षण गर्दा निकै फोहोर रहेको, त्यसलाइ प्रशोधन पनि नगरेको पाइयो, प्रमुख जिल्ला अधिकारी न्यौपानेले, यस्तो फोहोर पानी सिधै बागलुङ्बासीको धारामा खसाल्न नमिल्ने संस्थालाई स्पष्ट रुपमा निर्देशन दिँदै यस्लाइ सुधार गरी आम जनताको स्वास्थ्यप्रती संबेदनशिल हुन’ भनिएको बताए ।
त्यस्तै अनुगमनमा गएका प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले भने पानीको शुद्दता के कति छ नापजांच पछि नै थाहा हुने यद्दपी मैले रातमाटाको ट्यांकीलाइ हेर्दा चाहिँ बागलुङ बजारमा फोहोर पानि जांदैन जस्तो लाग्छ, हामीले ३ ठाउंको पानिको नमुना लिएर परिक्षण गर्न पठाएका छौं, अब त्यसको रिपोर्ट पछि नै थाहा हुन्छ पिउन योग्य छ या छैन।
बागलुङ नगरवासीले शुद्ध पिउन योग्य पानी नपाएको महिनौ बिति सकेको छ । धारामा एकदमै फोहोर धमिलो पानी आउने हुँदा स्थानीय प्रशासन समक्ष शुद्ध पानीका लागी नागरिक समाजले ध्यानाकर्षण गराउदा यस अघिपनि पानीको अवस्थाबारे अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी न्यौपाने दुईदुई पटक मुहानमा गएर शुद्ध पानीको आपुर्ति गर्न निर्देशन दिएको समाचार प्रकाशमा आएको थियो । र पछिल्लो समय अधिवक्ता रमेश खड्काले उच्च अदालत पोखरा बागलुङ ईजलासमा सफा शुद्ध खानेपानीका लागी निवेदन दिएका थिए । अदालतले एक हप्ता भित्र शुद्ध सफा पानी खुवाउन आदेश जारी गरेको थियो ।
अनुगमन टोलीले आज ५ ठाउँबाट पानीको नमुना संकलन गरी त्यस्को परीक्षण गर्न धौलागिरी अस्पतालमा पठाईएको जनाएको छ । पानीको नमुना परीक्षणको रिपोर्ट प्राप्त भएपछी भोलि भदौ ११ गते अदालतमा प्रतिवेदन दिने श्रोतले बतायो ।
दुईवर्ष पहिले पनि एक जना उपभोक्ताले शुद्ध खानेपानीका लागी अदालतको ढोका घच्घचाएका थिए । त्यस निवेदनमा पनि संस्थाको नाममा परमादेशको आदेश जारी भएको थियो । नगरवासीको स्वास्थ्यसंग गम्भीर खेलबाड गर्दै आएको बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा हुने गरेका अनियमित कार्यहरुका कारण संस्था धेरै गन्हाएको छ ।
सम्वन्धित लिंकहरु
एकहप्ता भित्र बागलुङ नगरबासीले शुद्ध पानी खान पाउलान ?
प्रजिअ न्यौपानेव्दारा खानेपानी आपुर्ति हुने मुहानको निरीक्षण !
शुद्ध सफा खानेपानीको लागी बागलुङ ईजलासमा निवेदन
सफा शुद्ध पानीको माग गर्दैै प्रतिनिधी मण्डल पुग्यो जिल्ला प्रशासन, के भयो कुराकानी ?
खानेपानी मुहानको अनुगमन : रेश र भुँदी खोला मुहानको पानी शुद्धिकरण गरिनु आवश्यक !
२०७७ भाद्र १०, बुधबार २२:०२
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०
One Comment