लक्ष्मण विश्वकर्मा, पर्वत फलेवास २०७७ भदौ ११ । पर्वतको फलेवास नगरपालिका वडा नं. १० कुर्घामा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । नेकपा वडा कमिटी फलेवास नगरपालिका १० कुर्घाको आयोजनामा उक्त कार्यक्रम बुधबार सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा कुर्घा निवासी सामाजिक अभियन्ता समाजसेवी, बुद्धिजीवी तथा शिक्षाप्रेमी व्यक्ति वयोवृद्ध ९१ बर्षिय लिलाधर पौडेललाई सम्मान गरिएको छ ।
पौडेललाले विभिन्न क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै दोसल्ला र फुलमालाबाट उहाँलाई सम्मान गरिएको स्थानीय लोकेन्द्र पौडेलले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले आफ्नो जीवनकालमा पौडेलले निस्वार्थ भावले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै उनको सकारात्मक दिगो विकासको कार्यलाई सवैले अवलम्बन गर्नुपर्ने बताए ।
पौडेलले शिक्षाको विकासका लागि बिद्यालय,तथा क्याम्पस निर्माण देखि बाटोघाटो नहरकुलो निर्माणमा अतुलनीय भुमिका निर्वाह गर्दै समाजमा उदाहरणीय पात्र बनेको बताए ।
बृद्धअबस्थाका व्यक्तिहरु अनुभव र प्रेरणाको स्रोत भएको बताउदै उहाँहरुलाई नगरपालिकाले पनि क्रमश सम्मान गर्दै जाने शर्माको भनाई थियो ।
कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य प्रेम राना,नेकपा फलेवास नगर कमिटी अध्यक्ष पिताम्बर घिमिरे, नेकपा फलेवास नगर कमिटी सचिव शोभा क्षेत्री, पर्वत बहुमुखी क्याम्पसका प्रमुख खिलप्रसाद शर्मा, सारदा माबिका शिक्षक आत्मराम पौडेल लगायतले बोलेका थिए ।
नेकपा वडा कमिटी फलेवास नगरपालिका १० कुर्घाका अध्यक्ष खड्क बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन मीन प्रसाद शर्माले गरेका थिए ।